अरविन्द कुमार यादव
रौतहट ,२० आश्विन । मृतक सन्झा साहको आत्माको चिर शान्ती तथा हत्यारालाई पता लगाउन प्रशासन लाई ईश्वरले शक्ति प्रदान गरुन् भनेर रौौतहटको मध्य भागमा रहेको गरुडा बजार स्थिति एक कार्यक्रम विच दिप प्रज्योलन गरिएको छ।
गएको आशिन ६ गते जिल्लाको बृन्दावन नगरपालिका वडा नं—४ हरैयापल्टुवामा घाँस काटन गएकी एक १६ युवतीको हत्या भएको हो । जिल्लाको गढीमाई नगरपालिका वडा नं— १ बस्ने स्थानिय सिताराम साह कानुका अन्दाजि १६ वर्षिय छोरी हाल बृन्दावन नगरपालिका वडा नं—४ हरैया पल्टुवा मामा घर बसदै आएकी स्थानिय देरेन्द्र साह कानुका भान्जी सँझा साह कानुको हत्या भएको स्थानिय वासिन्दाले बताएका छन् । बिहान १० बजे तिर घाँस काटन गएकी साँझा साँफ सम्म न फर्केपछि उनकी खोजी गर्दै जाँदा निज मृत अवस्थामा नजिकैको उँखुबारीमा फेला परेको स्थानिय वासिन्दाले बताएका थिए।

पीडितले अहिले सम्म न्यायको प्रशासन प्रहरी लगाएतका सम्बन्धित निकायमा गुहार गर्दै आएका छन्।
अहिले सम्म अपराधीलाइ समात्न नसकेकोले रौतहट यूवा पिढि द्वारा सन्झा साहकि न्यायको लागि र बालिकाको आत्मालाई चिरशान्तिको लागि दिप प्रजवन तथा १ मिनेट मौन धारण गरेका हुन्।


रौतहटको मध्यमा रहेको गरुडा नगरपालिकाका स्थिति मेथुर चौकमा सन्झा साहको हत्याको आत्मा को चिर शान्तिको कामना होस् गर्दै हत्यारालाई पता लगाइ कडा भन्दा कडा कानुनी कार्यवाही गर्न माग समेत गरेको जनता समाजवादी पार्टी रौतहटको जिल्ला ईन्चार्ज बृजकिशोर यादवले बताए।
साथै गरुडा नगरपालिका का उपमेयर रङ्गिला देवी जयसवालले भने केही दिनयता रौतहटमा हफ्ता नबित्दै हत्याहिंसा हुँदै गएको र खास गरि गरुडा क्षेत्रका दलित ,महिलालाइ अङ्कित गरेर प्रहार तथा हिंसा भएको देखिन्छ । सन्झा साह लगायत मृतकको हत्यारालाई पता लगाइ कानुनी दायरामा ल्याउन समेत जोडदार माग गरेको उनले बताए ।

१०० औं यूवा बिद्यार्थीहरुको उपस्थितिमा रौतहट गरुडा मेथुर चौकमा रौतहट कार्यक्रम सम्पन्न भएको हो। रौतहट यूवा पिढिको सदस्य अनुसार रौतहटमा हत्या बलात्कारको घटना चरणबद्ध रुपमा किन भइरहेको छ।
र पीडितलाई अहिले सम्म न्याय किन पाइरहे छैनन्। हाम्रो जनप्रतिनिधि र राजनीतिककर्मी कानमा तेल हालेर किन बसेका छन्। यहाँका सुरक्षा किन यति फितलो छन्।
भने प्रश्न जनप्रतिनिधि र राजनेतिकर्मि संग यस संस्थाका सदस्य प्रवीन यादवले गर्नुका साथै तुरुन्त अपराधीलाई कडा कारवाही न गरे हामी यूवाहरु न्यायका विभिन्न दवाब मुकल कार्यक्रम चरणबद्ध रुपले गर्ने बताएका हुन। कार्यक्रममाजनता समाजवादी पार्टी रौतहटको जिल्ला ईन्चार्ज बृजकिशोर यादव ,गरुडा नगरपालिका को उपमेयर रङिला जयसवाल ,विद्यार्थी नेता दिपेन्द्र यादव ,सुनचान्दी व्यवसायी प्रदेश २ का अध्यक्ष रामजी साह एवम् गरुडाका यूवाहरु दिलिप जयसबाल,अरुन सोनि धिरज यादव, यूराज मिखिया,सशि साह,रुपेश साह अनेरास्ववियु नेता राजु महतो , सुसिला देवि , धर्मनाथ जयसवाल समाजसेवि तथा विभिन्न राजनीतिक लगायत दलका नेताहरु सहभागीता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here