नूर आलम बादशाह
बारा,२१ आश्विन ।बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं. ५ रुपौलिया स्थित एक मन्दिरमा रहेको घरको लागि जस्ता पाता सहयोग गरिएको छ ।
मन्दिरमा रहेको घरको अवस्था अत्यन्तै जीर्ण र चुहिने अवस्थामा रहेकाले घरमा छाना लगाउन सहयोग पुर्याउने उदेश्यले जस्ता पाता वितरण गरिएको बताइएको छ ।
मंगलबार मन्दिरको प्रांगण मै गएर युवा नेता सदाम अन्सारीले घरमा आवश्यक पर्ने ४३ थान कर्कट पाता र काँटी उपलब्ध गराईएको सदामका पिता एवं पूर्व गाविस अध्यक्ष सफी महमद अन्सारीले बताएका छन् ।
थोपा थोपा मिलेर समुन्द्र बन्छ भने जस्तै हामीले गरेको सानो सहयोगले मंदिरको चुहिने घरमा छाना फेर्न सकिन्छ भन्दै संकल्पका साथ सहयोग गरिएको अन्सारीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here