रौतहट ,२१ आश्विन । आज बुधबार का बिहान करिब १०:०० बजेको समयमा रौतहटको गरुडा नगरपालिका वर्डा नम्बर १ का एक ३ वर्षीय बालकको खोलामा डुबेर मृत्यु भएको छ।
जिल्ला रौतहट गरुडा नगरपालिका वडा नं.१ जयनगर वस्ने समसाद अन्सारीको छोरा अं. बर्ष-३ को ताबिस अन्सारी आफ्नै घर अगाडी खेल्दा खेल्दै हराइ रहेको थियो।
बालकको आफन्तहरु लगायत स्थानीय बासिहरुले खोज तलास गर्ने क्रममा ऐ.वडा नं.५ झांजखोलामा रहेको अं.३ फिट पानीमा उतानो परि तैरिरहेको अवस्थामा मृत फेला परेको छ, भन्ने खबर अं.१५:३० बजेको समयमा प्राप्त हुनासाथ ई.प्र.का. शिवनगरबाट प्र.ना.नि.कमाण्डमा र ई.प्र.का. गरुडाबाट प्र.नि.को कमाण्डमा सोको सहितको मुचुल्का टोली खटी गई घटनास्थल मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि गौर अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहट गौरले जानकारी गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here