रौतहट ,२१ आश्विन । जिल्ला रौतहट दुर्गाभगवती गाउँपालिका वडा नं.४ छतौनाटोल वस्ने लाल महम्मद धुनियाको छोरी बर्ष १६/१७ की रोबिना मन्सुरीको मृतक लाशलाई ऐ.ऐ.वस्ने बर्ष ३२/३३ को फुल महम्मद, ऐ.वस्ने बर्ष ४२/४३ को लाल महम्मद, ऐ.वस्ने वर्ष ५० को नसरुदिन मन्सुरी र निजकै श्रीमती बर्ष ४२/४३ की सहनाज मन्सुरी समेत गरी ४ जना मिली ऐ.ऐ.बस्ने जनरल कवाडीको घरमा निजहरुले ल्याई राखि छाडी गएको अवस्थामा छ भन्ने खबर अं. १८:०० बजेको समयमा प्राप्त हुनासाथ प्रहरी टोली खटि गई फुल महम्मदलाई नियन्त्रणमा लिई राखेको अन्य जुनैद मियाँ लगाएतका फरार व्यक्तिहरुको खो.त. तथा थप अनुसन्धान कार्य भईरहेको जिप्रका रौतहटले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here