अरविन्द कुमार यादव
मंंसिर ,११ रौतहट ।केही दिनयता नेपालमा सघियता लागू भए देखि महिला हिंसा ,बलात्कारका घटनाहरु दिन प्रती बढ्दै गएको तर नेपाल सरकारले कुनै ठोस नितिनियम कानुन बनाएको छैन। मेची महाकाली बुहारी संयुक्त आवाज प्रदेश २ का संयोजक पूजा पाठक तिमिल्सिनाले मुलुकमा बालबालिका , महिला असुरक्षित बन्दै गएकोले नेपाल सरकारले फांसीको सजायको व्यवस्था गर्नु पर्ने मांग गरेका छन ।

मङ्सिर ८ गतेका बर्दिबास नगरपालिका १४ महोतरीका ६ वर्षीय बालिका गुलाब साह खातूनको बलात्कार पछि गरिएको हत्या जघन्य अपराधी भएकोले अपराधीलाइ फांसीको सजाय हुनु पर्ने जोड़ दिए ।

न्यायको लागि प्रदर्शनमा उत्रेका बेला प्रहरीले चलाएको गोली लागर मृत्यु भएका संजय न्यौपानेलाइ शहीद घोषणा , बलात्कारीलाइ हदै सम्म भएको सजाय , पीड़ित परिवारलाई क्षतिपूर्ति दिनु पर्ने मांग राख्दै जिल्ला प्रसाशन कार्यालय रौतहट मार्फत प्रधानमंत्री कपि शर्मा ओलीलाइ ज्ञापन पत्र बुझाएका प्रदेश संयोजक पाठकले संचारकर्मी संग संक्षिप्त क़ुरागर्दै महिला तथा बालबालिकाको सरकारले सुरक्षा दिन नसकेको आरोप लगाउदै सरकारले कानून परिवर्तन गरी फांसीको सजाय हुनु पर्ने कानून बनाएन भने भविष्यमा बलत्कारीहरुलाई महिलाहरुले सड़कमा जिउदो जलाउने चेतावनी दिए ।

नेपालको विधमान कानून र प्रशासनिक संरचना पीड़ित मैत्री नभई पीड़क मैत्री भएको टिपण्णी गरे । महिला र बालबालिकाको सवाल र सुरक्षा मा सरकार गंभीर नभएको र कानून कार्यान्वयन फीटलो समेत भएको उल्लेख गर्दै प्रदेश संयोजक पाठकले नेपाल सरकारका नेतृत्वकर्ता प्रधानमंत्री कपि शर्मा ओली समक्ष कानून बलियो छ भने हत्या हिंसा र बलात्कारको अपराधी सड़कमा किन खुलयम घुम्दै छ ? निर्मला पंत ले किन न्याय पाएन ? करुणा ,समझना र गुलाब खातुनले ज्यान किन गुमानु पर्यो ? यसको जवाव सरकारले दिनै पर्ने उनले भने ।

महोत्तरीको बर्दिबासमा न्यायपूर्ण आन्दोलनको क्रममा प्रहरीको दमन दुर्भाग्यपूर्ण भएकोले दोषी प्रहरी माथि र आरोपितलाइ कड़ा क़ानूनी कार्यवाही नभए सम्म मेची महाकाली बुहारी संयुक्त आवाजले संघर्ष गर्ने समेत ज्ञापन पत्र मार्फत चेतावनी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here