रौतहट ,२३ मंसिर ।प्राज्ञिक विद्यार्थी परिषद नेपाल गौर इकाई को एक दिवसीय अभ्यास वर्ग, प्राज्ञिक विद्यार्थी परिषद को राष्ट्रिय सह- संगठन सचिव श्री रामेश कण्डेल ज्यू को विशेष उपस्थिति मा सम्पन्न भएको छ।राष्ट्र पुर्णनिर्माण, व्यक्ति निमार्ण, असल व्यक्ति मा हुनु पर्ने गुणहरूको बारेमा जानकारी दिनुभएको थियो, साथै राष्ट्रको नाममा संकल्प पनि गराउनु भएको थियो।
कार्यक्रमको प्रस्तावना र उदेश्य को बारेमा आर्य मिश्रा ले प्रस्ट्याउनु भयो। साथ-साथै वहाँले विधार्थी परिषद को कार्यपद्धति र परिषद को उदेश्यको बारेमा उपस्थित विधार्थीहरु बीच जानकारी गराउनुभएको थियो।
यस कार्यक्रममा गौर नगर का विभिन्न क्याम्पसहरु बाट ६० जना विद्यार्थीहरु को उपस्थिति रहेको थियो। कायर्क्रमको अन्त्यमा १५ सदस्य नगर इकाई समिति गठन भएको छ। यो समिति मा नगर सचिवको प्रकृति श्रेष्ठ र छात्रा प्रमुखको मुस्कान सरावगी ले दायित्व प्राप्त गर्नु भएको छ। यस कार्यक्रमको बारेमा शुभ श्री ले जानकारी गराउनुभएको छ। कार्यक्रम मा उदघोषण प्राथर्ना पाण्डे र स्वागत मन्तव्य राजेश कु सिन्हा ले दिनु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here