रौतहट ,११ पुस। जनमत पार्टी रौतहटको यमुनामाई गापा दुई वर्डाको अधिवेशन आज शनिबार सम्पन्न भएको छ।
जनमत पार्टी अधिवेशन तयारी समिति रौतहट द्वारा तोकिएको अधिवेशन पर्यवेक्षक श्री प्रकाश झा र श्री चन्द्रभुषण यादव ज्यू को अध्यक्षतामा यमुनामाई गाउँपालिका को वडा नं २ र ५ मा तपसिल अनुसार को उपस्थितमा तपसिल अनुसार को निर्णयहरु गर्दै जनमत पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न भएको हो ।
बिगत ७० साल पुर्व देखि संघर्षरत रहेको मधेशी समुदायका हजारौं वीर सपुतहरुले बलिदान दिएपनि नेताहरुको स्वार्थका कारण जनता सदैव धोका खाएको भन्दै अबको एक मात्र विकल्प जनमत पार्टी रहेकोले जनमत पार्टी नै मधेशी जनताको अधिकार सुनिश्चित गर्ने जनमत पार्टी का युवा क्रान्तिकारी युवा तथा जिल्ला सचिव बिकास कुमार यादव बताए । त्यस्तै वर्तमान अवस्थामा कुनै न कुनै वडा तथा पालिकामा जनमत पार्टी बाहेक सबै पार्टीको सरकार रहेको छ तर पनि कुनै एक वडा पनि नमुना बनाउन नसकिएको दावी गर्दै भिजन विनाको जनप्रतिनिधी भएकोले राम्रो काम हुन नसकेको युवा नेता यादवले बताए ।

उक्त सभामा वरिष्ठ नेतृत्व मण्डल का केन्द्रिय संयोजक तथा जिल्ला अध्यक्ष अशोक कुमार सिंह , जिल्ला सचिव : बिकास कुमार यादव , जिल्ला सदस्य : पंकज श्रीवास्तव , महिला जनमत संघ को जिल्ला अध्यक्ष : रागिनी पाण्डे , क्षेत्रीय अध्यक्ष : राजकुमार साह , यमुनामाई गापा वडा नं ४ के वडा कमिटी अध्यक्ष : श्रीराम यादव लगायतका नेताहरु उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here