अरविन्द कुमार यादव
रौतहट,१२ पुष । संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी, नेपालले आइतवार रौतहट लगायत देश भरमै ठूलो विरोध प्रदर्शन गरिएको छ।
पार्टिको पुर्व निर्धारित कार्यक्रम अनुसार जसपाले संसद विघटनको विरुद्धमा आइतवार ७७ ओटै जिल्लामा विरोध प्रर्दशन गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते संसद विघटन गर्न सिफारिस गरेपछि जनता समाजवादी पार्टी त्यसको विरुद्धमा आन्दोलनमा उत्रेका छन । संसद पुर्नस्थापना गर्ने माग राखेर जसपा आन्दोलनमा उत्रेका छन । जनता समाजवादी पार्टी रौतहटका नेता कार्यकर्ताहरुले आइतवार जिल्लाको प्रमुख व्यापारीक केन्द्र एवं मध्य भागमा रहेको गरुडामा विशाल जनप्रदर्शन गरेका छन ।

जनप्रदर्शनमा सहभागिहरुले संसद विघटन खारेज गर, संसद पुर्नस्थापना गर ,केपि तेरो पाराले दुख पायो साराले आदि नारा सहित नारावाजी गरेका छन । प्रदर्शनकारीहरुले केपी ओली सरकार विरुद्ध श्री राम चिनी मिलको फिल्डबाट निस्केको कडा नारावाजी गर्दै पुरै गरुडा बजारभरी परिक्रमा गरेका थिए ।
गरुडा नगरपालिकाको नगर परिक्रमा गरि मेथुर चौक स्थित कोणसभामा सम्बोधन गर्दै गौर नगरपालिका उपमेयर किरण ठाकुरले भने राष्ट्रपति विद्या देवी भण्डारीले वर्तमान देशको अवस्था शृजना गराएको उनले बताएका हुन् ।महिला भइ यस्तो कठोर निर्णयको मुख्य दोषी राष्ट्रपति रहेको आरोप उनले बताए ।
प्रधानमन्त्री केपि ओलिले आफ्नो पार्टीको आन्तरिक समस्याकै कारण ल्याएको संसद विघटन सिफारिसलाई सदर गरि देशमा ठूलो दुर्घटना हुने संभावना शृजना विद्या देवी भण्डारीले उत्पन्न गरेको उनको जिकिर रहेको थियो।

प्रदर्शनमा जसपाबाट निर्वाचित विभिन्न प्रदेश सांसद, मेयर, उपमेयर, वडाअध्यक्षहरु लगायत पार्टीका नेताकार्यकर्ता हरु सहित बाक्लो उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here