अरविन्द कुमार यादव
रौतहट ,१३ पुस।संसद विघटन, सर्वसत्तावाद र भ्रष्टाचार का विरुद्धमा,लोकतान्त्रिक संविधान रक्षाका पक्षमा नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर २ द्वारा आयोजित बिरोध कार्यक्रम पुर्व मन्त्री मो.अफताब आलम कै गाउँ राजपुर पानी ट्यांकी चौकमा र हाम्रो पुर्व मन्त्री आलमको कान्छो छोरा डा.राजिक‌ आलमले स्वागत मन्तव्य राख्दै भने सङघियता कम्युनिस्टलाई अपच भएको उनले बताए ।
संविधानलाई नटेकी संसद विघटन गर्नु आम जनतालाई बन्धक बनाउनु सरह नै हो उनले जिकिर गरे।
एक फरक प्रसङ्गमा बोल्दै भने नेकपा सरकारले जानी जानी नेपाली काङ्ग्रेस पार्टीका नेता एवं पूर्व मन्त्री मोहम्मद आफताव आलमलाई झुठा मुद्दामा फसाएको प्रष्ट रुपमा डा.आलमले बताए ।
पूर्व मन्त्री आलमलाई कुनै शक्तीले मुदामा न्यायीक रिहाई रोक्न नसक्ने उनले जनताको आशिर्वाद संधै साथमै नै रहेको बताए ।
शेरलाई स्यालले रोक्न प्रयास असफल झै नेकपा सरकार पूर्व मन्त्री आलममाथी झुठा मुदा लामो समय सम्म टिकाउन नरहने बा ईज्जत् वरि भइ जनताकै विचबाट नै संधै देशको हितमा सेवा गर्ने छ उनले बताए ।
शेर बाहिर आउन अधिक समय लागने छैन न्यायीक रिहाई नै हुनेमा आम जनतालाई विश्वास दिलाए ।
विरोध सभा कार्यक्रममा प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हाको प्रमुख आतिथ्य ,विशिष्ट अतिथि रामचन्द्र गिरी,मेयर शेख वकिल ,मेयर सकिल लगायत क्षेत्र स्तरका नेता कार्यकर्ता सहभागी रहेको नेपाल तरुण दल रौतहटको सभापति मोहम्मद नौसाद आलमले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here