अरविन्द कुमार यादव
रौतहट ,१६ पुस। पुस ५ गते संसद विघटन प्रधानमन्त्री केपि ओलिले ल्याएको प्रस्तावलाई राष्ट्रपति विद्या देवी भण्डारीद्वारा सदर गरि वैशाख १७ ,२७ गतेमा निर्वाचन गराउने मिति तय गरेको र एक हफ्ता नबित्दै मन्त्री मण्डल पून गठन गरेको प्रति रौतहटको गरुडामा समाजवादी विद्यार्थी युनियन केन्द्रिय सदस्य ललन यादवको नेतृत्वमा कालो झण्डा देखाईएको हो।
पुस १४ गते प्रचण्ड नेपाल समुहका नेकपा रौतहटले केपि ओलिको विरुद्ध शक्त प्रदर्शन गरेको थियो ।सोको विपक्षमा केपि ओलिको समर्थनमा रौतहटको गरुडामा प्रभु साहले आम सभा आयोजना गरेको कार्यक्रममा आउदै गर्दा विचमै समाजवादी विद्यार्थी युनियन केन्द्रिय सदस्य ललन यादवले कालो झण्डा देखाएको हो।
असवैन्धानिक ,प्रतिगमन एवं अलोकतान्त्रिक रबैयाले केपि ओलिले पुस ५ गते संसद विघटन गरेको विरुद्धमा आज बिहीवार का दिन रौतहटको गरुडा बजार स्थित विरोध गरि कालो झण्डा देखाउदा विद्यार्थी नेतालाई दिनको करिब १ बजे पक्राउ परे पछी १ घण्टा मै होस्पिटालाइज भएका थिए।
विद्यार्थी नेता एवं जसपा नेताकार्यकर्ताहरु होस्पिटलमा भेटेर थुना बसेका विद्यार्थी नेता रिहाई बारे छलफल गरेका थिए।
करिब ६ : बजे साझ ईलाका प्रहरी कार्यालय गरुडा ,रौतहटको थुना बसेका नेता आज बिहिवार रिहाई भइ बृजकिशोर यादव सहितका युवाले स्वागत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here