अरविन्द कुमार यादव
रौतहट ,१७ पुस।रौतहटको सदरमुकाम गौर स्थित नेपाल तरुण दल रौतहटले आफ्नो कार्यालयमा ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस बिहिवार आयोजना गरि कार्यक्रम सम्पन्न गरेको छ।
मेलमिलाप दिवसको अवसरमा आयोजना गरेर नेपाली काङ्ग्रेस रौतहटले जिल्लाको गौर र गरुडामा कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल तरुण दल रौतहटले बिचार गोष्ठी कार्यक्रम आयोजना गरेको विचमा पुर्व जिल्ला सभापति एवं परोहा नगरपालिकाको मेयर शेख वकिलले सम्बोधन गर्दै भने जब जब नेपालमा ठूलो संकट ,समस्या परेकोमा मुख्य समाधान कर्ताको रुपमा नेपाली काङ्ग्रेसले आगाडी आई मेलमिलाप गरेर देशलाई सबल बनाएको उनले बताए ।
२०३३ सालमा स्व. बिपि कोइरालाले मेलमिलाप अभियान चलाउन सुरु गरेका थिए।२०६२ ,२०६३ को जन आन्दोलन होस या प्रचण्ड सङ्ग गरिएको शान्ति वार्ता , संविधान निर्माण एवं लोकतन्त्र ,सङघियता जस्ता कुरालाई संस्था गत गर्ने नेपाली काङ्ग्रेस नै मेलमिलापको माध्यमबाट सुनिश्चित गरेको मेयरले जिकिर गरे।
ईतिहास साक्षी रहेको छ कि जो कोही जङ्गबहादुर बन्ने प्रयास गरे निजको पतन निश्चित छ ,त्यसै केही साथिहरु रौतहटमा पनि जङ्ग बहादुर बन्ने प्रयास गर्दै छ समयमा सोची हाल्नु उनले जिकिर गरेका थिए।
जातीय राजनीति गर्नेलाई मान्जन भन्छ,समग्र रुपमा राजनीति गर्नेलाई कुशल राजनिती भन्छ प्रसङ्ग जोडदै नेपाली काङ्ग्रेसका केही नेता आफू मनोपली गदै आएको जिल्ला कार्यसमिति रौतहटको सदस्य सज्जन साहले जिकिर गरे।
विगतका चुनावमा आफ्नो ईच्छा अनुसार एवं पार्टीको विधान विपरीत टिकट वितरण गरेको सर्विददै छ साहले बताए।
त्यस्ता नेतालाई सावधान बस्न आग्रह पनि गर्दै नेपाली काङ्रेसका सम्पुर्ण साथीलाई गाउँ टोलमा संगठन निर्माण लागेर आएका प्रस्तावहरुलाई केन्द्रिय समितिमा पेश गर्ने तयारीमा एकजुट हुन आग्रह जिल्ला सदस्य सज्जन साहले गरे।

  • पुर्व सान्सद ब्रजकिशोर सिंह ,प्रदेश २ का सदस्य धनलाल ठोक्कर ,बृन्दावन नगरपालिकाको मेयर रामस्नेही राय यादव,नेपाली काङ्ग्रेस महासमिति सदस्य एवं प्रदेश सभा सदस्य प्रत्यासी रामचन्द्र गिरी,नेपाली काङ्ग्रेस महासमिति सदस्य डाक्टर देवचन्द्र मिश्र ,सन्तलाल साह उदयकान्त यादव,नेपाली काङ्ग्रेस रौतहट जिल्ला कार्यसमिति कोषाध्यक्ष राम श्रेष्ठ साह ,जिल्ला सदस्य ,चिरञ्जीवी सिंह लगायतका स्थानीय जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो।
  • कार्यक्रम नेपाल तरुण दल रौतहटको सभापति मोहम्मद नौसाद आलमको अध्यक्षता सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here