अरविन्द कुमार यादव।
रौतहट ,२० पुस। देशमा पहिलो पटक सामुदायिक विद्यालयका १ देखि ५ कक्षा सम्मका पढ्ने विद्यार्थीहरुलाइ ‘समता रणनिती कार्यक्रम’ अन्तर्गत संबंधित समाग्री वितरण कार्यक्रम विच आज सोमबार सो वर्गमा पर्ने विद्यार्थीलाई
हस्तान्तरण गरिएको छ।
दुर्गा भगवती गाउँपालिकाद्धारा सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा आयोजित विशेष कार्यक्रममा पालिका अन्तर्गतका १७ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरुलाई जिल्ला समन्वय समितिका सभापति रामएकवाल राय यादव ,नेपाली काङ्ग्रेस रौतहटको सभापति एवं संविधान सभाअ सदस्य कृष्णप्रसाद यादव तथा पालिका अध्यक्ष अरुण साहको संयुक्त करकलमबाट शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिइएको हुन।
“समता रणनिती कार्यक्रम” र पालिकाको सहयोगमा शैक्षिक सामग्रीहरु खरिद गरि पालिका को अध्यक्ष अरुण साह सम्बोधन गर्दै भने अभिभावको कमिले सामुदायिक विद्यालय जोगिनु पर्ने बाध्य बनाएको उनले बताए।उदाहरण दिदै भने प्रावेट वा बोर्डिङ स्कुलमा भर्ना गर्नु पूर्व अभिभावक सङ्ग विद्यार्थी शुल्क सहित ड्रेस लगायत निर्णयलाई सामुने खडा गरेर सम्झौता पत्रमा हस्ताक्षर गराई विद्यार्थी भर्ना गर्दै स्विकार्नु सामुदायिक विद्यालयमा नाम लिखाई कुनै वास्ता नगरेको उनको जिकिरी रहेको बताए ।
पालिका भरिमै सब भन्दा बढी सो कार्यमा विद्यालयका प्र अ ले आफ्नो कार्य सावित गरेमा पुरुस्कार सहित १ लाख रकम पालिकाले वेहोर्ने अध्यक्षले बताए।
गाउँपालिका अध्यक्ष अरुणकुमार साहले पालिका अन्तर्गत प्राथमिक विद्यालय, आधारभुत विद्यालय र माध्यमिक गरी १७ विद्यालयमा अध्ययनरत रहेका करिव ४५ सय छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गर्न समता रणनिती कार्यक्रमबाट बजेट अपुग भएपछि पालिकाबाट बजेट विनियोजन गरेर पहिलो चरणमा ३ हजार बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिने लक्ष्यका साथ कार्यक्रम आजबाट सुरु गरिएको स्पष्ट पारे ।

सबै बालबालिकाहरुलाई कोभिडको कारण यहाँबाट वितरण गर्न नसकिने तर सम्बन्धित विद्यालयबाटै भोली देखि वितरण हुने जानकारी दिदै दोश्रो चरणमा कक्षा ६ देखि ८ सम्मका छात्रछात्राहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपाल सरकारद्धारा घोषित कार्यक्रम अनुसार सबैको लागि अनिवार्य शिक्षा नाराको साथ हरेक मानिसको शिक्षामा पहुँच भने उद्देश्यका साथ समता रणनिती कार्यक्रम लागु गरेको छ । हरेक बालबालिकालाई विद्यालयमा पहुँच सहज एवं सरल बनाउनका लागि पोशाक, ब्याग, कपी, पेन्सील सहितका शैक्षिक सामग्री सहितको छात्रवृति उपलब्ध गराउने गरेको बताए ।
बाल मजदुरीबाट टाढा रहनु तथा विद्यालय शिक्षामा जोड दिई सबैलाई साक्षर बनाउने, विद्यालय बाहिरका कृयाकलापलाई समाप्त पारी एकल उद्देश्य अध्ययन अध्यापनमा जोड दिनु रहेको हुँदा अभिभावहरु जिम्मेवार भई आफना बालबालिकाहरुको भविष्य उज्जवल बनाउनका लागि अनिवार्य शिक्षा दिलाउनु पर्ने रहेको उलने प्रष्ट पारे ।
नेपाली काँग्रेसका जिल्ला अध्यक्ष कृष्णप्रसाद यादवले सबैलाई अनिवार्य शिक्षा अभियानलाई प्रभावकारी बनाउनका लागि शुन्य देखि ५ कक्षा सम्मका बालबालिकाहरुलाई पहिलो चरणमा वितरण भईरहेको शैक्षिक सामग्रीहरुबाट विद्यालयमा जान झन् अग्रसर बनाउने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here