अरविन्द कुमार यादव
रौतहट ,२१ पुस।रौतहटमा श्रोत नखुलेको अबैध नेपाली नोट सहित एक व्यक्ति पक्राउ परेको हो।
हिजो सोमबार करिब ०९:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले जिल्ला रौतहट मौलापुर नगरपालकिका वडा न. ५ स्थितमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका प्रदेश -१-०२०४२ प २००० नम्बरको super splender मोटरसाईकलमा सवार रहेका जिल्ला बारा सिम्रोनगढ नगरपालिका वाड नं. १ खजानि टोल बस्ने लक्षमण साहको छोरा अं. बर्ष १७ को धिरेन्द्र साहलाई शंका लागि निजलाई रोकी निजले बोकेको झोला खोली चेकजाँच गर्दा सो झोला भित्रबाट भारतबाट ल्याएको स्रोत नखुलेको अबैध नेपाली रुपैया रु.८,००,०००।-( आठ लाख ) फेला परेकोले सो रकम सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि यस कार्यालयमा दाखिला गरेको आज मिति २०७७।०९।२१ गते गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहट गौरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here