अरविन्द कुमार यादव
रौतहट ,२२ पुस।रौतहट जिल्लाको उत्तरी भेगमा रहेको वृन्दावन नगरपालिकाको मेयर रामस्नेही राय यादवले भने हाम्रो नगरका विपक्षी दलका नेताहरुले मेरो चरीत्र हत्या गरेर जनतालाई भ्रमित गर्न खोजेको हो।
विगत केही दिन देखि सामाजिक संजाल र केही सन्चार माध्यममा समेत वृन्दावन नगरपालिका र मेयरको नाम जोडेर भ्रामक समाचारहरु प्रकाशन प्रशारण गरिएको प्रती गम्भीर ध्यानाकर्षण भएको मेयर राम मस्नेही राय यादवद्वारा पत्रकार सम्मेलन गरिइएको छ।
वृन्दावन नगरपालिका अन्तर्गत रहेको बाग्मती खोलाको मटियार घाटबाट बालुवा गिट्टी निकासी सम्बन्धि रौताहा/हिमढुङगा-ठोकेर /कन्काई जेभी लाई गैरकानुनी रुपमा ठेक्का दिएको र राज्षव हिनामिना भएको भन्ने सम्बन्धि आरोप षड्यन्त्ररुपमा नगरप्रमुखको व्यक्तिगत चरित्र हत्या गर्ने मनसायले लगाएको हाम्रो ठहर छ।यस्ता भ्रामक खवरहरुको औचित्य पुष्टिको कुनै आधार समेत रहेको छैन उनले बताए।
मिति २०७७ साल आश्विन १३को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेल बिभागक च.न.३५६ पत्रको आधारमा वृन्दावम नगरपालिकाको मिति २०७७ आश्विन २५ को बैठकको निर्णय नम्बर ६ अनुसार ,साथै नदीजन्री खानिजन्री पदार्थ जिल्ला अनुगमन समिती रौतहटको मिति २०७७/०७/०४ गतेको निर्णय नम्बर २ अनुसार नदीजन्य तथा खानिजन्य प्रदार्थ उत्खनन विक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७को दफा १२ को उपदफा १ र २ बमोजिम प्राथमिकता प्राप्त आयोजना पूवपश्चिम रेल निर्माणको हकमा शुल्क लिएर ५० हजार घन मिटर निकासीको अनुमती दिने निर्णय भएको हो भनी उनले बताए।सोही निर्णय बमोजिम हाल सम्म जम्मा ३५ हजार घन मिटर निकासी भएको हुदा वृन्दावन नगरपालिकाको क्षेत्र भित्रबाट सो भन्दा बाहेब अन्य कुनै निकासी नभएको प्रष्ट पार्न चाहन्छौ साथै कापोलकल्पित रुपमा सत्यतथ्य नबुझेर तथा समाचारमा नगरपालिकाको प्रतिक्रिया समेत नराखेर प्रशारण प्रकाशानमा आएको खबरहरुले जनमानसमा भ्रमको शृजना भएको उनले बताए।सम्बन्धित पक्षको प्रतिकृया बिनानै एकपक्षीय रुपमा मनगढन्त समाचार हरु प्रकशन गर्न महुने न्युनतम मुल्यमान्यतालाई समेत केही सन्चारमाध्यमहरुले वेवास्ता गरेको प्रती हाम्रो घोर आपती रहेको साथै सत्य र सहि सुचना सम्प्रेषणको जिम्मेवारी बोकेको निकायको गैर जिम्मेवार कदमहरु प्रती नगरपालिका कानुनी उपचारको बाटोम जाने पनि यसै विज्ञप्ति मार्फत जानकारी गराएको मेयर यादवले बताए।
पालिका गठन हुनु भन्दा पूर्व एवं गत वर्ष सम्म यश क्षेत्रमा पर्ने नदीजन्य पदार्थ वृन्दावन नगरपालिकाले आफ्नो राजश्व संकलन गर्न सकेका थिएनन् तर मैले जितेपछि विभिन्न दलका नेताकार्यकर्ताहरुले षड्यन्त्र गरेर दुई वर्ष सो कार्यको राजश्व संकलन अवरोध गरिकाहरुले यस वर्ष पनि नगरपालिकाले राजश्व संकलन गरि आएकोमा विपक्षीले नगरपालिका र मेरो चरित्र हत्याको प्रयास गरेको असफल रहेको उनले बताए ।
लोकतान्त्रिक व्यवस्था राजनीतिक विरोध हुनु स्वभाविक हो तर जनता सङ्ग जोडिएको फाइदालाई लिएर कसैले राजनीतिक गर्नु हुँदैन उनको जिकिर रहेको छ।प्रेस विज्ञप्ति तल राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here