अरविन्द कुमार यादव
रौतहट ,२४ पुस।नेपाल कम्युनिस्ट पार्टी रौतहटद्वारा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेकोमा ध्यानाकर्षण स्वरुप बिरोध पत्र प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रौतहटको मार्फत बुझाएको छ।
प्रधानमन्त्री केपि ओलिले पुस ५गते सन्सद विघटन गरेको थियो।उनले पौष ५ गते नेपालको संविधानको ठाडो उल्लंघन गरि असन्वैधानिक,अलोकतान्त्रिक एवम् स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदम चाल्नु भएकाले नेकपा रौतहट त्यसप्रती तीब्र आपत्ति प्रकट गर्दै घोर बिरोध एवम् भर्त्सना गरेको छ।
हामी ठूलो बलिदानीपूर्ण सङघर्षबाट प्रप्त गरिएका ऐतिहासिक राजनैतिक परिवर्तन ,सङघिय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न,वर्तमान असन्वैधानिक कदम तथा सबै प्रकारको प्रतिगामी षड्यन्त्रलाई असफल पार्न र त्यसको लागि जस्तोसुकै सङघर्ष गर्न नेपाली जनता सक्षम छौ भनी चेतावनी समेत दिन चाहन्छौ नेकपा रौतहटको अध्यक्ष कमल यादवले बिरोध पत्रमा उल्लेख गरिएको बताए ।
प्रधानमन्त्रीलाई राम्ररी थाहा छ कि संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार दिएको छैन।तथापि संविधानको संबंधित धाराको पुनः अध्ययन गर्नु होस भने सो धाराको प्रती समेत यसै साथ पठाइएको छ।हामी अझै पनि प्रधानमन्त्रीलाई आफ्नो असन्वैधानिक कदमका निमित्त पश्चातापका साथ राष्ट्रका सामु क्षमायाचना गर्न र प्रतिनिधि सभा सुचारु गरि संविधानलाई क्रीयासिल बनाउने पक्षमा आउन अनुरोध गर्दछौ र,सच्चिन अवसर प्रदान गदर्छौ।नेपाल कम्युनिस्ट पार्टी रौतहट जिल्ला कमिटी अध्यक्ष कमल यादवको हस्ताक्षर गरिएको बिरोध पत्र सम्माननीय प्रधानमन्त्री ज्यु,नेपाल सरकार सिंहदरवार काठमाडौ समक्ष प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रौतहटको मार्फत बुझाएको छ।
विरोधपत्र बुझाउने टोलीमा समिर भट्टराई , पूर्व मन्त्री सत्यनारायण भगत, सरला यादव,पूर्व सान्सद अशोक जैसवाल ,पूर्व सान्सद रामकुमार भट्टराई , , विनदेशवर यादव प्रदेश सदस्य ,प्रदेश सदस्य शम्भु साह, कटहरिया नपा को नगर संयोजक नसरूदिन अन्सारी ,शम्भु सिंह ,जिल्ला सदस्य राधामोहन यादव, जिल्ला सदस्य राजदेव सहनी, रविरजन यादव लगायत को उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here