अरविन्द कुमार यादव रौतहट ,२८ पुस।रौतहट क्षेत्र नम्बर २ ‘ख’ प्रदेश सभा सदस्य एवं जनता समाजवादी पार्टी नेपालको केन्द्रिय सदस्य रामकिशोर उर्फ किशोरी यादवले परोहा नगरपालिका वर्डा नम्बर १ जिगडवा टोलमा रहेको मुस्लिम धर्मावलम्बीहरुको धर्मशास्त्र अनुसारको कबरिसतानको कमपाउण्ड बाल र मेन गेट ,मदर्साका डेक्स बेम्च मर्मत सम्भारको निमित्त र सम्वर्द्धन तथा संरक्षण गर्नको उदेश्य को साथमा ५५ लाख रकमको लागतमा योजना राख्नु भएको छ।
रौतहट क्षेत्र नम्बर २ ख प्रदेश सभा निर्वाचन क्षेत्रमा यस्ता कार्यहरुलाई विशेष प्राथमिकतामा राख्दै आम जनता विच एक आपसी भाइचारा बनाउने उदेश्यले हिन्दु मुस्लिम धर्मप्रति हाम्रो मितव्यी ध्यान रहेको उनले बताए।
एक कार्यक्रम विच सो योजना आफ्नो संसदीय कोषबाट रकम बिनियोजन गरेका हुन।खासगरी मुस्लिम समुदायका छात्रछात्राहरु शिक्षा प्राप्त गर्न कमि हुनुको मुख्य कारण विदेशनु हो, आधुनिक धर्म गुरु र मोकतम नहुनाले शिक्षा प्रती उत्प्रेरित रहेको छैन।
कबरिस्तानको कम्पाउण्ड बाल सहित गेट निर्माण कार्य ५० लाख र मदरसामा बेन्च डेक्स निर्माणकार्य ५ लाख अनुमानि रकम बिनियोजन गरेको उनले बताएका हुन।
सो कार्य हुने विश्वासका साथ वर्डा नम्बर १ र २ का मुस्लिम समुदायका अगुवाहरुले सराहना गरेका छन् साथै यस्ता कार्य गराउने प्रती ईश्वर सङ्ग आफ्नो कार्य क्षेत्रमा अगाडि बढी रहुन भने प्रार्थना गरेका छन् ।

