रौतहट ,५ माघ।जनता समाजवादी पार्टी नेपालका समर्थक युवा प्रकाश भाई मधेसीयाले रौतहटको सदरमुकाम गौर स्थित मधेसी क्रान्ति चौकमा बलिदानी दिवस सहिदको तस्वीरमा चन्दन लगाई माल्यार्पण गरेका हुन् ।
मधेश आन्दोलनका प्रथम शहिद रमेश महतोको स्मृतिमा हरेक वर्ष मनाउदै आएका बलिदानी दिवसका दिन रौतहटका मधेशीवादी नेताहरुले यादगार एवं सम्मान गरेको नदेखिए पनि युवा नेता प्रकाश भाइ मधेशियाले शहिद परिवारलाई आज सहयोग गरेर शहिद प्रति सम्मान प्रकट गरेका छन् ।
तत्कालिन संघीय समाजवादी फोरम पार्टीका विद्यार्थी संगठनका नेतृत्व गरेका युवा क्रान्तिकारी र आन्दोलनकारी नेता प्रकाशले बलिदानी दिवसको अवसरमा शहिद प्रति माल्यार्पण गरि श्रदासुमन अर्पण गरेका हुन् ।
विधार्थी युनियनका केन्द्रिय सदस्य ललन यादव र प्रकाश भाइ मधेशियाले संयुक्त रुपमा मधेश आन्दोलनमा ज्यान गुमाएका शहिद प्रति भावपूर्ण श्रदान्जली दिदै मधेश आन्दोलनको कारण सत्तामा पुगेका नेताहरुले आजको दिन शहिद परिवारलाइ सम्मान गर्नु पर्ने धारणा व्यक्त गरे ।
विभेद असमानताको विरुद्ध २०६२।०६३ मा भएको मधेश आन्दोलनमा दिएका बलिदानीको अहिले सम्म सम्मान हुन् नसकेको जिकिर गरे । युवा नेता प्रकाशले नेपाल सरकार मधेशी जनता प्रति शोसन गर्दै आएको बताउदै मधेशका जनता अधिकारबाट अहिले सम्म बन्चित रहेको बताए ।
आन्दोलनको कारण प्रदेश २ मा मधेशी नेतृत्वको सरकार बनेकोले सरकारले मधेशी शहिदको परिवारलाइ सम्मान गर्नु पर्ने बताए ।
मधेशी जनाधिकार फोरम नेपालको नेतृत्वमा संयुक मधेशी लोकतान्त्रिक मोर्चाले आव्हान गरेको आन्दोलनको क्रममा प्रहरीको गोलिका शिकार भएर ज्यान गुमाएका रौतहटको इशनाथ नगरपालिकाका महुलिया निवासी राज किशोर ठाकुरको घरमा पुगेर प्रकाश र ललन यादवले न्यानो कपडा , खाद्यान्न सामग्री तथा शैक्षिक सामग्री दिएका छन् ।
आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका दुवै जनाले बलिदानी दिवसको अवसरमा शहिद परिवार लाइ सहयोग गरेका हुन् । मधेश आन्दोलनमा ज्यान गुमाएका शेख मैरुदीन , शम्स तव्रेज आलम , विद्यानन्द यादव ,श्री भगवान पटेलका परिवारको अवस्था दैनिय भएपनि मधेशी नेताहरुले ध्यान दिन सकेका छैन ।
पर्व ,उत्सवको समयमा शहिद परिवारहरुलाई सहयोग गर्नु पर्नेमा त्यस्तो चेतना नेताहरुमा नदेखिएकोले शहिद परिवार नेताहरु प्रति आक्रोशित भएको देखिन्छ ।
शितलहरको समयमा विभिन्न संघ सस्थाहरुले वितरण गर्ने राहतमा पनि शहिद परिवारलाइ बन्चित गर्ने गरेको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here