रौतहट ,७ माघ। राैतहट क्षेत्र नम्बर २ अन्तर्गत रहेका परोहा नगरपालिकाका नगर प्रमुख तथा नगरपालिका संघ प्रदेश २का अध्यक्ष शेख वकिलले अपांगता भएका वालवालिकाका लागि विद्यालय भवन शिलान्यास गर्नु भएको छ ।
पराेहा नगरपालिका तथा छाया नेपालकाे साझेदारीमा अपाङ्गता अध्ययन केन्द्र भवन निर्माण हुन लागेको हो ।
परोहा नगर पालिका वडा नम्बर ६ लाैकाहा भेडियाहीमा भवन निर्माण भईरहेका सो विद्यालयको भवन बनाउन अठाइस लाख रुपैयाँमा तीन कठ्ठा जग्गा खरिद भईसकेका छन । भवन निर्माण कार्य पराेहा नगरपालिका र छाया नेपालको संयुक्त लगानीमा हुन लागेको हो । भवन बनेपछि लगतै पढने पढाउने कार्य शुरु गरिनेछ । सो विद्यालयमा अपांगहरूलाई विशेष रुपमा शिक्षा दिनेछ । सुरुमा राैतहट क्षेत्र नम्बर २ र विस्तारै जिल्ला भरीबाटै अपांग वाल वालिका लाई अवासिय रुपमा भर्ना गरी शिक्षा दिने उदेश्य रहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here