अरविन्द कुमार यादव।
रौतहट ,२१ फाल्गुन ।जनता आवास कार्यक्रममा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् ।रौतहट जिल्लाको वृन्दावन नगरपालिका क्षेत्रमा २२ वटा दलित वर्गका घर बन्न लागेको हो।

वृन्दावन नगरपालिका वर्डा नम्बर ८ आकर पाथर टोलमा जनता आवास कार्यक्रम अन्तर्गत २२ वटा दलित परिवारको घर बनाउने भनिए पनि २ वटा घर निर्माणकार्य जारी रहेको छ।
२ वटा घर नियम विपरीत बन्न लागेको घर धनिले गुनासो पोख्दै आएको सार्वजनिक भएपनि सम्बन्धित निकाय मौनता देखाएको छ ।कारण के होला?
घर धनिलाई थाहा नदिकन उपभोक्ता समिति निर्माण भएको र समिति नामावली पटकपटक माग गर्दा नदिएको धर धनिले बताए ।
घर निर्माणकार्य अनुमानित लागत सहितको होर्डिङ बोर्ड राखेको पनि छैन।
सो वर्डा निवासी जयराम माझी उर्फ समत माझी र फुल पतिया देवी माझीको घर निर्माणकार्य हुँदै छ जसमा नियम विपरीत जक( फाउन्डेसन ) निर्माणकार्य गरेको छ।कमतिमा २ देखि ३ फिट सम्म फाउन्डेसन दिनुपर्ने तर तीन ईन्च जमिन मुनि देखि फाउन्डेसन दिइरहेको तस्वीरले प्रष्ट देखिएको छ।
बालुवा ,गिट्टी गुणस्तर हिन समाग्री सहितको निर्माणकार्य गरेको स्थानीय राधेश्याम प्रसाद श्रीवास्तवले बताए।
जनता आवास कार्यक्रमको मुख्य उदेश्य आकाश मुनि बसेकाहरु घर मुनि बसाई सहयोग गर्ने तर जनता आवास कार्यक्रमका कर्मचारीहरु सो उदेश्यको विपरीत कार्यको बढाव दिदै आएको छ।तीन इन्च जमिन मुनि देखि फाउन्डेसन दिएर घर निर्माण गर्दै आएको छ।यो भन्दा आकाशै मुनि बस्नु ठिक रहेको जयराम माझीले बताउछन् ।हावाहुरी हल्का आए घर ढाल्नु पकै हो ,भुकम्पको कुरै छोडौ।
रौतहट जिल्लामा ११७५ घर निर्माणकार्य हुने जनता आवास कार्यक्रम अन्तर्गत रहेको छ।करिब 0×0×2.5 धुरमा घर निर्माण हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here