अरविन्द कुमार यादव
रौतहट ,२२ फाल्गुन।रौतहट क्रीकेट संघको आयोजनामा मनोहर सिंहको सम्झनामा मेमोरियल कप २०७७ सेरिज रौतहट टिम भर्सेज भारत बिहारको पटना टिम बिच टी-२० क्रीकेट खेल आज शनिबारदेखि सुरु भएको छ।
सो खेल नेकपा प्रदेश नम्बर २समिति का सदस्य एवं गौर नगरपालिका प्रत्यासी शम्भु साहको प्रमुख आतिथ्य सुरु भएको रौतहट टिमले टच जितेर खेल्दा १८० रन लयाई १८१ भारत बिहार राज्यका टिमलाई टार्गेट दिएको छ।

यो खेल आज देखि तीन( शनिबार ,आइतबार र सोमबार ) सम्म हुने भएको छ।
भारत बिहार राज्यबाट पटना टिमका खेलाडीहरुलाई बाँस बस्ने ,खाजा ,खाना र फर्केने याता खर्छ बापत लाग्ने खर्च बेहोर्ने दाताहरु पनि हुन् ।
भारत बिहार राज्यका आएका पटना टिमका खेलाडीहरुलाई बिहानको खाजा तीन दिन सम्म खुवाउने दाता गौर नगरपालिका वर्डा नम्बर १ का अध्यक्ष भरत साह,दिनको खाना निरज+रितेश जयसवाल,रातिको खाना शिव मसकरा+शत्रुधन साहले बेहोर्ने रौतहट क्रीकेट संघका कोषाध्यक्ष बिक्रान्त बिक्रम नेपालले बताए।

खेलाडी बस्ने , घर फर्कने यात्रा खर्च बेहोर्ने कोही दाताहरु भए संघसङ्ग सम्पर्क नम्बर ९८५५०४०७१८ गर्न उनले बताए
रौतहट क्रीकेट संघ गौर सम्पूर्ण परिवार ले रौतहटको खेलाडीसँग भएका गुणस्तरीयतालाई निखार ल्याउने कुनै पनि कसर संघले न राखेको उनले बताए।
प्रत्येक साल संघले आफुसङ्ग कुनै कोष नभए तापनी दाताहरुलाई खोजी खोजी फण्ड ल्याइ क्रीकेट खुलाउदै आएको उनले बताए।
खेलाडीहरुका लागि उत्थान एवं प्रवर्द्धन गर्ने उदेश्यले रौतहटको कुनै पालिकाले क्रीकेटमा लगानी लगाएको छैन उनले बताउँछन् तर हरेक वर्ष १८ पालिकाले मेयर कप भनेर क्रीकेट आयोजना गरि लाखौं बजेट लगाए पनि सोछे अनुसार उपलब्धि पाएको छैन उनले गुनासो गरे।
सो लगानी रौतहट क्रीकेट संघ गौरको सहकार्य गर्न साथै पालिकासङ्ग नेपालले अपिल गरे।
टछ हारेका भारत तर्फबा पटना टिमले खेलीरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here