अरविन्द कुमार यादव
रौतहट ,२४फाल्गुन ।विश्व नारी दिवसको अवसरमा श्री नारी चेतना महिला कृषक सहकारी संस्था लिमिटेड गौर ५ ,रौतहटको आयोजनामा महिलाको सुरक्षा सम्मान र रोजगार समद्ध नेपालको आधारको नारा सहित आज सोमबार कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख अधिकारी ईन्द्रदेव यादवले अन्तर्राष्ट्रिय नारी दिवस सदरमुकाम गौर स्थित दुई ठाउँमा कार्यक्रम भएको जनता समाजवादी पार्टी नेपाल रौतहटको पूर्व जिल्ला उपाध्यक्ष श्याम बिहारी राय यादवले आरोप समेत लगाएका छन् ।

रौतहटको सदरमुकाम गौर स्थित १०० सय मिटरको दुरीमा दुई वट्टा कार्यक्रम गराउनु कतिको जायज हो।१११औं नारी अन्तर्राष्ट्रिय दिवसको अवसरमा दुइटा कार्यक्रम रौतहटको सदरमुकाम गौर स्थितिका गौर बिपि चौक र सो कार्यक्रमको सय मिटरको दुरीमा ब्यारेक फिल्डमा आयोजना गराउने मुख्य पात्र जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख ईन्द्रदेव यादव नै रहेको आरोप समेत जनता समाजवादी पार्टी नेपाल रौतहटको पूर्व जिल्ला उपाध्यक्ष श्याम विहारी राय यादवले लगाएका हुन।
महिला महिलामा द्वन्द शृजना गराउन भुमिका खेलेको आरोप उनले लगाएका छन् ।
पहिला देखि नै हरेक वर्ष श्री नारी चेतना महिला कृषक सहकारी संस्था लिमिटेड गौर ५ ,रौतहटको आयोजना हुँदै आइरहेको छ।
श्री नारी चेतना महिला कृषक सहकारी संस्था लिमिटेड गौर ५ ,रौतहटको आयोजनामा गरिएको कार्यक्रमको अध्यक्षता गिता कुशवाहाले गरेका थिए।भने विशिष्ट अतिथि प्रदेश नम्बर २ का सदस्य एवम् जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य रामकिशोर उर्फ किशोरी यादव,प्रदेश सदस्य लालबाबु साह ,नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष रबिन्द्र साह ,स सचिव पुष्प राज यादव लगायत का महिला अधिकार कर्मीहरु समेत हजारौको महिलाहरुको बाक्लो सहभागिता रहेको नेत्री राधा साहले बताए।

सो कार्यक्रमको सहयोगी गरुडा नगरपालिका , माधवनारायण नगरपालिका , देवाही गोनाही नगरपालिका , बौधीमाई नगरपालिका नगरपालिका , खाने पानी तथा सरसफाई डिभिजन कार्यालय , गौरी शंकर यादव फाउण्डेशन गौर , नेपाल – भारत मैत्री विरांगना फाउण्डेशन गौर – ५.रौतहटले गरेको थियो।

गौर नपाको उपमेयर आफ्नो एकलौटी विचारले सय मिटरको दुरी नारी दिवस मनाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here