अरविन्द कुमार यादव
रौतहट २० चैत्र ।रौतहटको राजपुर नगरपालिकामा उत्थान परियोजना अन्तर्गत स्वास्थ्य संस्थाको सेवा सुविधा सम्बन्धका स्वास्थ्य संस्था ,नगरपालिका ,वर्डा कार्यालय तथा सेवाग्राही बिच सार्वजनिक सुनुवाइ कार्यक्रम आज शुक्रबार सम्पन्न भएको हो।
डव्लुएचएचको सहयोग तथा असमान नेपालको आयोजना,राजपुर नगरपालिकासङ्गको सहकार्यमा वर्डा उत्थान परियोजना कार्यक्रमको संयुक्त रुपमा मेयर शेख शकिल एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले उदघाटन गरेका थिए।
आसमान नेपाल रौतहटको जिल्ला संयोजक हरेराम ठाकुर
सार्वजनिक सुनुवाई कार्यक्रममा स्वागत मन्तव्य एवं उदेश्य राख्दै भने हरेक व्यक्तिको स्वास्थ्य सेवा लिने मौलिक अधिकार रहेको र यसबाट बन्चित भएका व्यक्तिहरुलाई रुबरुह गराउने हाम्रो संस्थाको मुख्य उदेश्य हो उनले स्पष्ट पारेका थिए।
राजपुर नगरपालिका वर्डा नम्बर ३,७ र ९ का स्वास्थ्य सेवाग्राही ,सम्बन्धि स्थानीय जनप्रतिनिधि बिच सार्वजनिक सुनुवाई गरिएको थियो।
वर्डा स्वास्थ्य सेवा सुविधा लिनेहरु सङ्ग नगरपालिकाले दिएको सेवा सम्बन्धि अन्तर सम्वाद गरि आएका प्रश्नहरुको जवाफ सम्बन्धित जनप्रतिनिधिद्वारा दिन लगाउदै सो समस्या आउदो दिनमा न दोहोरिने गरि निकाय सङ्ग समन्वय गरिने असमान नेपालका जिल्ला संयोजक हरेराम ठाकुरले बताएका थिए।
सार्वजनिक सुनुवाई कार्यक्रम हिजो राजपुर नगरपालिका वर्डा नम्बर १,२ को एकै ठाउँमा गरिएको थियो।जसमा स्थानीय सहभागीहरुले स्वास्थ्य सेवा सम्बन्धि गुनासो पोखेका थिए भने स्वास्थ्यकर्मीहरु समयमै कार्यालयमा आईपुग्ने गर्छन् ।
स्थानीय महिला पुकारी देवी बताउछिन् “प्रजनन स्वास्थ्य सम्बन्धि समस्या लिएर जादा सल्लाह लिनेमा अप्ठ्यारो सल्लाह दिने कक्ष नभएको कारण ,कतिपय युवायुवतीहरुले स्वास्थ्य सेवा सम्बन्धि आइपरेको समस्या राख्न लाज मान्ने गर्नेछन् “सोको अनुसार महिला स्वास्थ्यकर्मी राख्नुपर्ने अति आवश्यकता रहेको हो।
स्थानीय तबरेज आलमले भन्छन् “ज्वरोको औषधि एक महिनाको अन्तरालमा सिटामोल पनि स्पायर दिन्छ” झन् स्वास्थ्य खराब गर्ने गर्छ राजपुर नगरपालिकाको मेयर सकिल अख्तरले सार्वजनिक सुनुवाई कार्यक्रममा आउछ केही बेरैमा कार्यक्रम कक्ष बाहिरिने गर्छ,कस्ले जनताको पिडा सुन्छ आफै सहभागी कि कक्षले समाधान गर्ने हो प्रश्न समेत गरेको थियो।
स्थानीय महिला शहनाज बेगमले भन्छिन् ” स्वास्थ्य चौकी हुनुपर्ने जग्गाको क्षेत्र कम रहेको,कम्ती अस्पताल एरिया ३ कठा हुनुपर्ने नियम रहेको हाल स्वास्थ्य चौकीको क्षेत्र ०-०-४ धुर रहेको,क्षेत्रफल बढाउन सम्बन्धित निकायसङ्ग माग गर्दै भने स्वास्थ्य सेवा उपलब्ध गराउन टेवा पुग्छ।”

स्थानीय महिला आशा यादव बताउछन् “स्वास्थ्य चौकीमा औषधि भए पो स्वास्थ्यकर्मीले वितरण गर्ने हो ,नभए कहाबाट वितरण गर्छ।”
राजपुर नगरपालिका वर्डा नम्बर १ का स्वास्थ्य चौकी प्रमुख ले स्वास्थ्य सेवा सम्बन्धि पहिला गरिएको सर्वेक्षणको आधारमा तयार पारिएको तथ्यांक प्रस्तुत गरेका थिए ।
-सेवाग्राहीलाई नागरिक वर्डापत्र बारे जानकारी नै छैन।
-नबुझेको खण्ड स्वास्थकर्मीसङ्ग सोध्ने बानी छैन ।
-सेवाग्राहीहरुले पाउने औषधि प्रायः इङलिस भाषामा नागरिक वर्डापत्र लेखिएको हुदा पढ्न गाह्रो हुन्छ।
-नगरपालिकाले नागरिक वर्डापत्र र स्वास्थ्य सम्बन्धि सेवामूलक कार्यक्रम सन्चालन नगर्दा यस्ता समस्याहरु थपिएको हो।
-केही सेवाग्राही (महिला,युवायुवती )हरुले स्वास्थ्य सेवा सम्बन्धि समस्या एवं गुनासो सुनाउन ईच्छुक नहुने।
शुद्ध खानेपानी छैन तर हैण्ड पाईप भएतापनी कलको हेड चोरिएको अवस्था छ।
-स्वास्थ्य चौकी कार्यालयमा रहेको भौतिक समाग्रीको सुरक्षा त्यहाँका स्थानीयले गर्ने हो तर ठिक विपरीत हो।

  • कार्यालयमा कर्मचारी १० -५ बजे सम्म बस्ने गरेको पाइएको छ।
    स्वास्थ्य सेवा लिने आउनेलाई केही बेर प्रतीक्षा गर्नुपरेमा प्रतीक्षालय समेत छैन ,यस्तो कार्यको लागि वर्डाध्यक्ष सकारात्मक देखिएको छैन ।
    -कुपोषणबाट(५ वर्ष मुनिका) बच्चालाई बचाउन आमाबाबुलाई जानकारी छैन ।-स्वास्थ्य उपकरण छैन ,जस्तै ब्लेड छैन।
    -प्रजनन स्वास्थ्य सम्बन्धि सेवा दिने ठाउँ छैन ।
    -परिवार नियोजन प्रक्रिया अपनाउन डराइएको अवस्था कि अपनाइयो भने बाझो भइ हाल्छु।
    -विवाह सम्बन्धि सरकारले निर्धारण गरेको नियम विपरीत २० वर्ष मुनि नै छोराछोरीलाई विवाह गराइदिने चलन कायम नै रहेको अवस्था देखिएको छ।
    -नगरपालिकाबाट ज्वोरो विरामीको लागि मात्र सिटामोल दिने औषधि मात्र आउने ,अरु रोगबाट ग्रसित विरामीलाई औषधि दिने नहुने ।
    -तीन महिना देखि नगरपालिकाले औषधि दिएको छैन तथ्यांक आएको छ।

राजपुर नगरपालिका वर्डा नम्बर २ का स्वास्थ्य चौकी प्रमुख ले स्वास्थ्य सेवा सम्बन्धि पहिला गरिएको सर्वेक्षणको आधारमा तयार पारिएको तथ्यांक प्रस्तुत गरेका थिए ।
-नागरिक वर्डापत्र छ तर पूर्ण रुपले सेवाग्राहीले हेर्दैन।
-औषधिको नाम अङ्ग्रेजीमा लेखिएको हुदा बुझ्न गह्रो भएको देखिएको छ।
-स्वास्थ्य सेवा सम्बन्धि योजना बनिदा आफुलाई कुनै जानकारी नै नरहेको अवस्था देखिएको छ।
-परिसरमा २५० फिटको ह्याण्ड पाइप जडान गरिएको,शुल्भ शौचालय ,हात धुने ट्याङ्की रहदा पनि हात नधुने देखिएको हो।
-पोषण सम्बन्धि कार्यक्रम पहिला चलेको तर प्रभावकारी देखिएको छैन ।फेरि कार्यक्रम गरि सिकाउने अवस्था बुझिएको हो।

  • गर्भवती जाँच हुन्छ आईरन चकी मात्र लिएर गएको अवस्था छ,अरु औषधि उपलब्ध छैन।
    राजपुर नगरपालिका वर्डा नम२ का स्थानीय राम प्रसाद साह भन्छन् ” प्रतिक्षालय मर्मत गर्नुपर्ने आवश्यकता रहेको छ।”
    राजपुर नगरपालिका वर्डा नम्बर १ का अध्यक्ष ले ज तगादा गर्दा पनि औषधि बारे मेयर एव निमित्त प्रमुख प्रशासकीय अधिकृतले कुनै ध्यान न दिएको जिकिर गरेका थिए।
    राजपुर नगरपालिका वर्डा नम्बर ७,९ का स्वास्थ्य चौकी र वर्डा नम्बर ३ का प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यक्रम भएको थियो।
    कार्यक्रमको प्रमुख अतिथी राजपुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले गरे थिए भने अध्यक्षता मेयर सकिल अख्तरले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here