अरविन्द कुमार यादव
रौतहट ,२९ चैत्र। आगलागी पीडित परिवारलाई मलहम लगाउने उदेश्यले बौधिमाई नगरपालिकाको मेयर राजिव रन्जन उर्फ राजु यादवद्वारा दुई सदस्यीय टोलि पठाई तत्काल जीवन यापन गर्न गराउनको लागि राहत वितरण गराएका छन् ।

रौतहट जिल्लाको बौधिमाई नगरपालिकाले गत शनिबारको राती आकस्मिक घरमा आगलागी भएर चौपाया जनावर सहित धनमालको समेत क्षति पुर्याएको थियो।

बौधिमाई नगरपालिका वर्डा नम्बर १ अजगैबिमा गत शनिबारका दिन राती करिब १० बजे घरमा आकस्मिक आगलागी हुँदा विभिन्न धनमालको क्षति भएकाले नगर उप-प्रमुख प्रेमलता कुशवाहा एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादव सहितका टोलीले राहत वितरण गरेका हुन् ।
बौधिमाई नगरपालिकाद्वारा राहत वितरण गरिएको चामल ५० के‍‌ जी,दाल २ के जि,नुन ५ के जि,पियाज ५ के जि,आलु ५ के जि,तिरपाल २पिस,तेल २ के जि,तरकारी बनाउने सबै मसालहरु रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here