नुवाकोट ,२ बैशाख । नेपाल पत्रकार महासंघ नुवाकोट शाखाको पुनः निर्वाचन गराउन पत्र काटिएको छ।
केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले गत चैत्र २५ गते देशव्यापी रुपमा भएको पत्रकार महासंघ कार्य समितिको निर्वाचनमा पत्रकार महासंघ नुवाकोट शाखाको निर्वाचनका कममा मतपत्रमा देखिएको प्राविधिक त्रुटि सच्याई साविक अन्तिम मतदाता नामावली र उम्मेदवार नामावलीका आधारमा आजका मितिले एक साताभित्र पत्रकार महासंघ केन्द्रीय समितिले तोकेको मितिमा निर्वाचन सम्पन्न गरी पत्रकार महासंघ केन्द्रीय समितिलाई मत परिणाम बारे जानकारी गराउने निर्देशन दिने निर्णय गरे अनुसार निर्वाचन समिति नुवाकोटलाई यो जानकारी गराइएको छ ।बोधार्थ नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय ,काठमाडौं जिल्ला प्रशासन कार्यालय , नुवाकोटलाई बोधार्थ कपिल काफ्ले संयोजक केन्द्रीय निर्वाचन समितिको हस्ताक्षर गरिएको
पत्रमा उल्लेख हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here