अरविन्द कुमार यादव
रौतहट, १७बैशाख ।प्रदेश नम्बर २ अन्तर्गतको रौतहट जिल्ला दुई नदीको बिचमा हुदा गत वर्ष बाढी,कट्टानबाट बान्ध र ठोकरहरु क्षतिग्रस्त भइ जोखिमयुक्त रहेको सम्पूर्ण ठाउँहरुमा स्थल गत निरिक्षण गरिएको छ।

दुई नदी जस्तै बागमती र लाल बकैया नदीले गत बर्ष बाढी र कटानबाट बाँध र स्परहरु क्षतिग्रस्त भई उच्च जोखिममा रहेको विभिन्न स्थानहरुमा प्राविधिकहरुको टोलीलाई लिएर शुक्रवार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्थालगत रुपमा निरीक्षण गर्दै तत्काल मर्मत एवं सम्भार गर्न निर्देशन दिएको छ ।
गत साल दुई नदीमा आएको बाढी र कटानमा विभिन्न पालिका भित्र पर्ने बाँध र स्पर क्षतिग्रस्त भएपनि हाल सम्म सोको मर्मत सम्भार नहुँदा यसपालीको बर्षा याममा झन् जोखिम बढेर जाने जनगुनासो बढ्दै जाँदा बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको प्रमुख संगै प्रजिअ यादवले जोखिम रहेको स्थानमा उपस्थित भई तत्काल मर्मत सम्भार गरी सम्भावित त्रासलाई समाप्त गर्न निर्देशन दिए ।
बागमती नदीको पश्चिमी बाँध ४७ किलोमिटर लम्वाई रहेकोमा बाँधलाई सुरक्षित राख्न प्रत्यक सात सय मिटरको फरकमा २३० मिटर लम्बाईको स्पर निर्माण गरिएको छ । ११ वटा मर्मत गर्नुपर्ने जसमध्ये ५ वटा स्पर मर्मत गर्न अति शम्बेदनसिल अवस्थामा रहेको हुँदा तत्काल मर्मतको कार्य अघि बढाउन आयोजना प्रमुखलाई निर्देशित गरे । स्पर नम्वर ५ बसतपुर, स्पर नम्वर १० मत्सरी, स्पर नम्वर ११ को ८० प्रतिशत कटान भईसकेको हुँदा पुनर निर्माण गर्नुपर्ने अवस्थामा रहेको प्रजिअ यादवले भने ।

बकैयाले भत्काएको बाँधको मर्मत कार्य सुरु भईसकेको हुँदा बर्षा अघि नै मर्मतको कार्य सम्पन्न गराई बाढीको समयमा निगरानी बढाउने प्रजिअ यादवले आयोजना प्रमुखलाई भने ।
दुई नदी नियन्त्रण आयोजना परवानीपुरको प्रमुख अकलाख अन्सारी, जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरिक्षक सिद्धीविक्रम शाह सहितको प्राविधिक टोलीहरुद्धारा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
लालबकैया नदीको पश्चिमी बाँधको देवाही गोनाही नपाको करुनिया, बौधिमाई नपाको पश्चिम मटिअर्वा, इनर्वा नजिक निर्माणाधिन पुल, परोहा नपाको जिगडवा नजिक निर्माणाधिन पुल र तेजापाकड नजिक पश्चिमी बाँधको मर्मत कार्यको अनुगमन गर्दै गुणस्तरिय कार्य गर्न निर्माण कम्पनीहरु संग आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here