अरविन्द कुमार यादव
रौतहट ,१८ बैशाख ।प्रदेश नम्बर २ सरकार मातहत रहेको रौतहट जिल्लाको सदरमुकाम गौर स्थितिका गौर अस्पताल गौर रौतहटले सेवा बन्द रहने सम्बन्धि सूचना प्रती समाजवादी विद्यार्थी युनियन संघका केन्द्रिय सदस्य ललन यादवले खेद प्रकट गरेका छन् ।
विश्व स्तरमा कोरोना महामारीको दोस्रो भैरिएसन फैलिदै गएकोमा जनताको दैनिकी स्वास्थ्य सङ्ग खेलवाड गर्न पाईदैन भने विद्यार्थी नेता ललन यादवले आपत्ति जनाएका हुन् ।
गौर अस्पतालले आकस्मिक सेवा बाहेक अन्य सेवा(ओपिडि तथा Elective surgery )लगायतका सेवाहरु हाल स्थगित गर्नु भनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रको पत्र अनुसार मेसु डा.कृष्णा शाहले जनताको स्वास्थ्य सङ्ग सटेवाजी गरेको विद्यार्थी नेता ललन यादवले जिकिर गरेका छन् ।
गौर अस्पतालले दिदै आएको सम्पूर्ण सेवा तत्काल सुरु नगरे बाध्य भएर समाजवादी विद्यार्थी युनियन संघका केन्द्रिय सदस्य ललन यादवले अनशनमा बस्ने जनाएका हुन।
प्रदेश सरकार मातहत रहेका अस्पतालले सरकारको कुनै निर्णय सार्वजनिक नगरिए पनि केन्द्रको अनुसार जनताको स्वास्थ्य सङ्ग खेलवाड गरेकोमा सुचना सच्याउन समेत माग गरेको उनले बताए।
कोमिड -१९को दोस्रो कहर फैलिएका कारण उक्त संक्रमण फैलिन नदिन तथा रोकथामका लागि यस अस्पतातबाट प्रदान गरिने बहिरंग ( OPD ) सेवा तथा Elective surgery लगायतका सेवाहरु हाल स्थगित गर्नु भनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रको च.नं. १५३३ मिति २०७४/१/१४ को अस्पताल व्यवस्थापन सम्बन्धमा सम्बन्धि पत्र प्राप्त भएको हुँदा मिति २०७८/१/१५ गते देखि जका सूचना जारी नभए सम्मका लागि बहिरंग ( OPo ) सेवा तथा Rective surgery लगायतका सेवाहरु हाललाई स्थगित गरिएको हुँदा जावरनिय सेवाग्राहीहरुमा पर्न गएको असुविधाप्रति अस्पताल क्षमाप्रार्थी छौ भनी मेसु डा . कृष्णा साहले बताएका हुन।
समाजवादी विद्यार्थी युनियन संघका केन्द्रिय सदस्य ललन यादवले समाजिक संजाल फेसबूक मार्फत स्टेट्स’आपतकालीन सेवा बाहेक सम्पूर्ण सेवा बन्द भएपछि आम जनताले स्वास्थ्य सम्बन्धि समस्या कहाँ देखाउन जालान ‘लिखेर सो समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय रौतहट प्रमुख ईन्द्रदेव यादवलाई समेत ध्यानाकर्षण गराएको उनले बताए।
नभए हामी बाध्य भएर प्रतिकार गर्ने विद्यार्थी नेता ललन यादवले बताएका हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here