अरविन्द कुमार यादव
रौतहट ,२४ बैशाख ।बागमती सेवा समाज,सर्लाही नामक गैर सरकारी नामक संस्थाले प्रदेश नम्बर २ का आठ वटै जिल्लामा स्वास्थ्य सेवा (क्षयरोग )सम्बन्धि कार्यक्रम सन्चालन गर्दै आईरहेको हो।
बागमती सेवा समाज ,सर्लाहीले क्षयरोग (टि.बि.)निवारण कार्यक्रमको कार्यक्षेत्र प्रदेश स्तरीय रहेको हुदा रौतहटको १८ वट्टा पालिकामा सन्चालन रहेको जिल्ला संयोजक उर्वशी शाहले बताएका हुन् ।
कार्यक्रम क्षयरोग रौतहट जिल्ला भरिका स्वास्थ्य चौकीहरु भएका विरामी शंका स्पद भेटीएका खखार(कप) संकलन गरि चेकजाँच गरिदै आइरहेको जिल्ला संयोजक शाहले बताएका थिए।
यदी विरामी क्षयरोग पोजेटिभ पाइएमा विरामीलाई नि:शुल्क औषधि खुवाउने र स्वास्थ्यकर्मीले औषधि खुवाए बापत भत्ता स्वरुप रमक पाउनुको साथै बिरामीलाई घरबाट स्वास्थ्य चौकी सम्म लाग्ने यातायात खर्च दिने गरिनेछ बागमती सेवा समाज रौतहट जिल्लाको संयोजक उर्वशी शाहले जानकारी दिएका छन् ।
बागमती सेवा समाज,सर्लाहीको आयोजनामा क्षयरोग कार्यक्रम प्रदेश स्तरीय सेभ द चिल्ड्रेन र ग्लोबल फण्डको सहयोगमा संचालित ‘क्षयरोग कार्यक्रमलाई व्यवस्थित एवं भरपर्दो बनाउनका लागि यो संस्थाले १२ वटा फ्रीज जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटको निमित्त कार्यालय प्रमुख दिपेन्द्र रायको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।
क्षयरोग सम्बन्धि औषधि एवं उपकरण सुरक्षित सङ्ग राख्न १२ वटा फ्रीज यमुनामाई गाउँपालिकाको झुन्खुन्वा ,राजपुर नगरपालिकाको राजपुर,परोहा नगरपालिकाको रामपुर खाप,बौधिमाई नगरपालिकाको पिपरिया,फतुआ बिजयपुर नगरपालिकाको टेङग्राहा,चन्द्रपुर नगरपालिकाको चपुर,गुजरा नगरपालिकाको रङ्गपुर,पल्टुवा,रघुनाथपुर ,गमहरिया पर्सा,माधव नारायण नगरपालिकाको माधोपुर,दुर्गा भगवति गाउँपालिकाको गङगापिपरालाई प्रदान गरिएको जानकारी शाहले दिए।विगत ३ साल देखि क्षयरोग सम्बन्धि कार्यक्रम रौतहट जिल्ला लगायत प्रदेश नम्बर २ का सबै जिल्लामा चल्दै आइरहेको छ।

क्षयरोग चेकजाँच गर्न लिएको खखारमा अति सूक्ष्म रहेकालाई जिन स्पर्टबाट जाचिने गरेको र रौतहटको सदरमुकाम गौर एवं चन्द्रपुर नगरपालिका स्थित चपुरको स्वास्थ्य संस्थामा सेवा सुचारु रहेको संयोजक शाहले बताएका हुन
बागमती सेवा समाज ,सर्लाहीको फोकल पर्सन निरज अधिकारी रहेका छन् ।यस संस्थाद्वारा संचालित क्षयरोग कार्यक्रम प्रभावकारी रहेको जनस्तरमा सर्विददै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here