वडाले सुरु गरेको सरसफाई अभियान वडावासीको सहयोग अपरिहार्य :- वडाध्यक्ष चौधरी

पछिल्लाे समाचार

प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउन खोज्दा अध्यक्ष हास्मी र मेसु ठाकुरले यादव माथि दुर्ववहार

अरविन्द कुमार यादव रौतहट ,२७ माघ ।प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक सुमक्ष ढंगले आवाज उठाउदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ । हाम्रो...

फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरि मनाइयो प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस 

अरविन्द कुमार यादव रौतहट,२२ माघ। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरी मनाइएको छ। प्रेस चौतारी रौतहट शाखाको अध्यक्ष उत्तम...

गढिमाई नगरपालिकाको दशौं हिउँदे नगर अधिवेशन सम्पन्न

ओम प्रकाश यादव रौतहट,२१ माघ। रौतहटको गढिमाई नगरपालिकाको आइतवार हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच गढिमाई नगरपालिकाले आफना नगर सभाको दशौं...

यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने भए

रौतहट ,२० माघ।यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने बाध्य बनेको छ। सहिद परिवार उमा देवी काे अध्यक्षतामा...

केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो: कार्यालय प्रमुख दास

मेवालाल यादव रौतहट,१९ माघ।यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका...

चैत ०१ गते :कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ७ गणेशपुरले सरसफाई सामग्री वितरण गरेको छ । वडाले सरसफाई जोड दिँदै आम नागरिकमा जनचेतना अभिबृद्धि गर्न कार्यक्रमलाई तीव्रता दिएको छ । मंगलबार युवा तथा बाल क्लबका सदस्यहरूलाई त्रैमासिक रुपमा सरसरफाई अभियान सञ्चालनको लागि वडा अध्यक्ष दिनेश कुमार चौधरीले सरसफाई सामग्री वितरण गरेका हुन् । सरसफाई सामग्री वितरण कार्यक्रममा सहभागीहरुलाई अभिमुखीकरणसमेत गरिएको थियो ।

वडा अध्यक्ष चौधरीले सामग्री हस्तान्तरण गर्दै व्यक्ति र घर मात्र सफा भएर नहुने भन्दै टोल, बाटो र पार्कहरु पनि सफा राख्नुपर्ने सबैको जिम्मेवारी रहेको बताए । उनले वडा कार्यालयले संघसंस्थाहरुलाई जिम्मेवार बनाउन सरसफाई सामग्री वितरण गरेको बताए । सरसफाई सामग्रीको संरक्षण गर्दै त्रैमासिक रुपमा टोल सरसफाई गर्दै जनचेतनामूलक कार्य गर्न टोलबासीलाई आग्रहसमेत गरे । वडाले सुरु गरेको सरसफाई अभियान अन्तर्गत पहिलो चरणमा मुख्य सडकहरु र अन्य चरणहरुमा भित्रि सडक, मठमन्दिर, पाटीपौवा सरसफाई गरिने अध्यक्ष चौधरीले बताएका छन् ।

सो अवसरमा बोल्दै विजयनगर खानेपानी तथा सरसफाई संयोजक अर्जुन बेल्वासेले उक्त अभियान अन्तर्गत फोहोरलाई स्थानीय आ–आफैले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा ट्याक्टर ट्राली जस्ता सामग्री बाटोमा राख्न रोक लगाउने, सबैको घरमा अनिवार्य शौचालय निर्माण गर्ने तथा वातावरण दूषित पार्ने काम गरेमा घरधनीलाई नियमानसार कारवाही गरिने बताए ।

साथै बैशाख भित्र वडालाई प्लाष्टिक मुक्त, सुर्तीजन्य पदार्थ सेवन गर्नु रोक लगाउने, छाडा कुकुरहरु बन्ध्याकरण गर्ने योजना रहेको चौधरीले बताउनुभयो । वडाले किराना पसल, होटलहरुलाई सफा राख्न डस्विन लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।

Advertisement

लोकप्रिय