रौतहटका सहिद परिवारले गरे माइतीघरबाट आन्दोलन गर्ने घोषणा

पछिल्लाे समाचार

प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउन खोज्दा अध्यक्ष हास्मी र मेसु ठाकुरले यादव माथि दुर्ववहार

अरविन्द कुमार यादव रौतहट ,२७ माघ ।प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक सुमक्ष ढंगले आवाज उठाउदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ । हाम्रो...

फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरि मनाइयो प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस 

अरविन्द कुमार यादव रौतहट,२२ माघ। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरी मनाइएको छ। प्रेस चौतारी रौतहट शाखाको अध्यक्ष उत्तम...

गढिमाई नगरपालिकाको दशौं हिउँदे नगर अधिवेशन सम्पन्न

ओम प्रकाश यादव रौतहट,२१ माघ। रौतहटको गढिमाई नगरपालिकाको आइतवार हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच गढिमाई नगरपालिकाले आफना नगर सभाको दशौं...

यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने भए

रौतहट ,२० माघ।यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने बाध्य बनेको छ। सहिद परिवार उमा देवी काे अध्यक्षतामा...

केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो: कार्यालय प्रमुख दास

मेवालाल यादव रौतहट,१९ माघ।यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका...


रौतहट ,२९ पुस।सहित तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसनको रौतहट जिल्ला प्रथम बैठक शिवनगरमा सम्पन्न भएको हो।
सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसन काे केन्द्रिय कार्य समिति सदस्य राजु महतो काे प्रमुख अतिथ्यमा र फतुवा विजयपुर नगरपालिका काे पुर्व उप मेयर सहिद परिवार कान्ति देवी महतो काे अध्यक्षतामा जिल्ला का प्रथम बैठक सम्पन्न भएको छ।

बाँच्नेहरु मालिक भएका छन् भने मरेर जानेहरु सालिक भएका छन् अझ दुःख लाग्दो कुरो के हो भने मरेर जानेहरुमध्य पनि अधिकांश त सालिक पनि बन्न पाएका छैनन । र शालिक बनाउनलाई छुट्याइएको बजेटमा पनि कहिले काँही घोटाला हुने गरेको भनेर समाचार मा सुनिरहेको कुरा हो।

आज मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापित भई आम जनसमुदायका लागि उज्ज्वल भविष्यको मार्ग निर्देशन गर्दै समग्र राष्ट्रको शिर उच्च भई गौरवमय भएको जग जाहेर छ ।

नेपाललाई न्यायपूर्ण, सभ्य, सुसंस्कृत, वैज्ञानिक तथा समुन्नत मुलुकमा रूपान्तरण गर्ने महान् अभियान स्वरूप नेपाली भूमिमा १० वर्षको लामो जनयुद्ध चल्यो र त्यस क्रममा थुप्रै सपूतहरुले ज्यान गुमाउनु र बेपत्ता हुनुपर्यो। उहाँहरूको बलिदान पूर्ण संघर्ष, त्याग, समर्पण र बलिदान कै कारण आज नेपालमा संघिय लोकान्त्रिक गणतन्त्र स्थापना भएको छ र नेपाली जनताको हक अधिकारहरु सम्ब्धैनिक रूपमा स्थापित भएका छन्।

महान सहिदहरुको सम्मान गर्दै जनयुद्द र जनआन्दोलनको दौरान सहादत प्राप्त गर्नुभएका महान सहिद र वेपत्ता योद्धाहरूको परिवारलाई सम्मान सन्ततिहरुलाई शिक्षा, रोजगारी तथा स्वास्थ्यका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकतालाई महसुस गर्दै सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसन काे स्थापना भएको हो।

“हामी कहाँ आउने पार्टीका ठूला नेताहरू माल्यार्पण गरेर माइक काे अगाडि मुखले ठुला ठुला भाषण गरेर जान्छन् तर बेहवारमा लागु गर्दैनन र हामी सहिद परिवारको अवस्था के छ भनेर कहिल्यै बुझ्दैनन् त्यसकारण आज हामीले नेताहरुलाई आमन्त्र गरेका छैनौं’

वास्तव मा भन्नु पर्दा अहिले हामीलाई “आफ्नो सत्ताका लागि नेताले हाम्रा अभिभावकलाई अगाडि सारेर भ-याङ मात्रै बनाएको जस्तो अनुभूति भइरहेको छ”, विभिन्न पार्टीहरुको भातृ संगठन अन्तर्गत मजदुर किसान संगठनहरु छन् जिल्ला जिल्लामा छ तर कहिले सुन्नु भाको छ कि देशको नेतृत्व गर्ने ठाउँमा मजदुर पुगेकाे छ चाहे उहाँहरुको सन्तानहरु ? हिजो काे दिनमा अहिलेका नेताहरुले यिनै मजदुर, सर्वहारा वर्गहरूको हक अधिकारकाे लागि लागि भनेर हाम्रा अभिभावकलाई अगाडि सार्या हैन र?

हिजो काे दिनमा हाम्रा अभिभावकलाई हथियार काे रूपमा प्रयोग गरेका थिए भने अहिले चुनाव काे बेला vote bank काे रूपमा प्रयोग गर्छन् ईनीहरुले, चुनाव काे बेला बिर सहिद लालसलाम भन्दै vote माग्दै हिँड्छन् तर चुनाव जितिसके पछि सत्ता काे कुर्सी तानातानमा भुलिन्छ । के हाम्रा अभिभावक ले ईनीहरूलाई बिर सहिद लालसलाम मात्र बोल्न सिकाएका थेँ ? आज काे दिनमा गल्ति गर्ने ई दलाल नेताहरु तर अपमानित हुने महान सहिद हाम्रा अभिभावकहरू ।

हाम्रो अभिभावक तत्कालीन अवस्थामा जुन पार्टीमा आस्था राख्नुहुन्थ्यो सोही पार्टी निरन्तर सरकारमा सामेल छ तर नेपालको संविधानमा धारा ४२ काे उप धारा (५) मा सहिद परिवारलाई न्याय एवं उचित सम्मान सहित शिक्षा, स्वस्थय, रोजगारी, आवास , पाउने हक हुनेछ भनि बेवास्था गरिएको छ तर यसको लागि कानुन बनाई कार्यवयन गराउन तिर न त पार्टीको ध्यान गयो न त कुनै माननिय ज्यूहरुले सदनमा आवाज उठाए सब भागबन्डा मा व्यस्त भए। कसरी हुन्छ सरकारले धारा ४२ काे उप धारा (५) मा भएको बेवास्था कार्यवयन गराउन तिर सरकारको ध्यनाकर्षण होस् अन्यथा हामी सहिद परिवार काठमाडौं काे माइती घरमा आएर प्रदर्शन गर्नुपर्न बाध्य हुनेछौ।

“पार्टी टुटफुट गर्यौ, हिजोका सपना चकनाचुर गर्यौ”
तर हामीहरू पार्टी जसरी टुटफुट भएका छैनौं हामी सब एकै ठाउँमा छौ । सामाजिक सञ्जालकाे माध्यमबाट शीर्षनेताहरुको कान सम् पुर्याउन चाहन्छौं हिजो काे दिनमा तिमीहरूले हाम्रा अभिभावकलाई अगाडि सार्या थियौं भने हामीहरु तिमीहरूलाई पछाडि सार्न् बाध्य हुनेछौ।
हामी सहिद परिवार आ–आफ्नै पीडाहरुमा भएपनि तिमीहरु भने आ–आफ्नै राजनीतिमा रोमलिइरहेका छौ सब काे हिसाब किताब सहिद परिवारले चाँडै गर्ने छ।

आजको बैठक काे निर्णय
१. श्रदान्जली कार्यक्रम: ज्ञात अज्ञात सहिदहरु को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गर्ने
२. आन्दोलन गर्ने: नेपालको संविधानमा धारा ४२ काे उप धारा (५)मा व्यवस्थित सहिद परिवारलाई न्याय एवं उच्च सम्मान सहित शिक्षा, स्वास्थ्य, रोजगार तथा आवास काे बेवास्था गरिएको भए तापनि कार्यन्वयन गराउन का निमित्त काठमाडौं काे माइतीघर बाट आन्दोलन गर्ने।
३. विभिन्न नगरपालिका , गाउँपालिकाकाे सहिद सन्ततिलाई आ आफ्नो कार्य क्षेत्र सम्हाल्नका लागि जिम्मा दिइयो ।

Advertisement

लोकप्रिय

प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउन खोज्दा अध्यक्ष हास्मी र मेसु ठाकुरले यादव माथि दुर्ववहार

अरविन्द कुमार यादव रौतहट ,२७ माघ ।प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक सुमक्ष ढंगले आवाज उठाउदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ । हाम्रो...

फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरि मनाइयो प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस 

अरविन्द कुमार यादव रौतहट,२२ माघ। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरी मनाइएको छ। प्रेस चौतारी रौतहट शाखाको अध्यक्ष उत्तम...

गढिमाई नगरपालिकाको दशौं हिउँदे नगर अधिवेशन सम्पन्न

ओम प्रकाश यादव रौतहट,२१ माघ। रौतहटको गढिमाई नगरपालिकाको आइतवार हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच गढिमाई नगरपालिकाले आफना नगर सभाको दशौं...