बिद्यालयलाई पानीटंकी सहयोग

      हेटौंडामा सामाजिक सेवामा क्रियाशिल लायन्स क्लब अफ हेटौंडा भुटनदेवीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा हरेको एउटा बिद्यालयलाई पानी टंकी बितरण गरेको छ । हालै मात्र क्लबको अध्यक्षमा पदासिन भएकी गायत्री श्रेष्ठले हेटौंडा–१ घ्याङसिटारमा रहेको श्री सरस्वती प्राथमिक बिद्यालयलाई १ थान पानी टंकी सहयोग गरेको श्रेष्ठले बताईन् । 
      हेटौंडामै घरभई हाल सात समुन्द्रपार लण्डनमा कार्यरत प्रेरणा श्रेष्ठले पठाएको रकम बिद्यालयलाई हस्तारन्तरण गरिएको श्रेष्ठले बताईन् । स्थानीय नेतृ निलम देवकोटाको आग्रहमा सो बिद्यालयलका बालबालिकाले बिद्यालयमा स्वच्छ पानी पिउन सकुन भन्ने पवित्र मनोभावले टंकी बितरण गरिएको क्लबले जनाएको छ ।
     मंगलबार भएको कार्यक्रममा वडा अध्यक्ष सविन न्यौपाने, क्लबका अध्यक्ष श्रेष्ठ, अग्रज लायनहरु सरिद्धि श्रेष्ठ,अंकिता सुमार्गी, पुजा श्रेष्ठ र किशोर टण्डनलगायतका ब्यक्तिहरुले बिद्यालयका सञ्चालक समितिका अध्यक्ष ल्वाङ लामा र प्रधानाध्यापक सुदर्शन पौडेललाई टंकी हस्तान्तरण गरिएको थियो ।

लोकप्रिय

सङ्घीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, २३ कात्तिक । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सङ्घीयता कार्यान्वयनका सम्बन्धमा...

अनुचित लाभ लिनलाइ २३ लाख भन्दा बढ़ी रकमको चेक लियो पाठक

 नेपाल स्वयं सेवक संघ मधेश प्रदेश फोकल पर्सन पूजा पाठक तिमिल्सिनाले मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालय झापाले लगाएको आरोप गलत र...

रौतहटमा जसपा नेपालको शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अरविन्द कुमार यादवरौतहट ,१८ कार्तिक ।जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम...