मधेश किसानलाई कृषिमा अग्रसरतामा ल्याउन लागि परेको दावी:- सभापति कृष्णप्रसाद

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

गौर,१५ असार।रौतहटको सदरमुकाममा राष्ट्रिय धान दिवस एक कार्यक्रम गरेर मनाइएको हो।२२ औं धान दिवसको अवसरमा नेपाल किसान महासंघ जिल्ला कार्यसमिति रौतहट असार १५ विषेश कार्यक्रम गरि धान दिवस गौर नगरपालिका -४सोवर्णामाई मन्दिर परिसरमा भएको छ।

 नेपाल किसान महासंघ रौतहटको आयोजना तथा नेपाली कांग्रेस गौर नगर समितिको सहकार्यमा भएको धान दिवस कार्यक्रम नेपाली कांग्रेस मधेश प्रदेश समिती सभापति एवं संसदीय दल नेता पूर्व मन्त्री कृष्णप्रसाद यादव ज्युका प्रमुख आतिथ्य तथा नेपाली कांग्रेस रौतहट जिला अध्यक्ष एवं मधेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव ज्युका विषेश आतिथ्य रहेको थियो।

मधेश प्रदेश सरकारका भौतिक पुर्वाधार पुर्व मन्त्री मा.कृष्णप्रसाद यादव भने देशलाई समृद्ध बनाउन मधेशको कृषि उत्पादनको  समस्य अन्त्य गर्नुपर्छ।नेपाल कृषिप्रधान देश पहिला थियो तर आज नारामा मात्र सिमित छ,हामी मधेशलाई कृषी युक्त बनाउन आवश्यक पहल अनवरत रुपमा गरिरहेको उनले बताए।

 

किसानलाई उदासीनता मुक्त गर्न वडा स्तरीय स्वसेवीका परिचालन विधि अपनाएको थियौं।कृषि उत्पादनमा कमी आउनु मुख्यकारण किसान आधुनिक कृषि उत्पादन बारे शिक्षित नहुनु,समय समयमा पानी नहुनु,मल खाध्य पर्याप्त तथा सहज रुपमा नपाउनु,उन्नत जातको बीउ नपाउनु यी सब समस्य लगायत विषयमा हाम्रो गठबन्धनको सरकार र म स्वयं गम्भीर रहेको उनले बताएका हुन् ।

आउने दिनमा नेपाली काग्रेस पार्टीको मधेश सरकार नेतृत्व गरेमा वर्ष भित्रमै ८ वटै जिल्लामा साल भरी पानी खेत खेतमा पुग्नेछ उनले प्रतिबद्धता व्यक्त गरे।संविधान सभा सदस्यमा निर्वाचित हुँदा जल तथा पर्यावरण विकास समिति सदस्य रुपमा काम गर्दैगर्दा मधेशको पर्सा देखि धनुषा जिल्ला पश्चिम तर्फ सम्म बागमती नदीको पानी पुग्ने तर्क राखेको काम अन्तिम चरणमा पुगिसकेको उनले बताए।

माटो परिक्षण बिना उत्पादनमा कमी आएकोले माटो परिक्षण व्यवस्थापनमा मधेश सरकार गम्भीर हुने विश्वास लिएको उनले भने।

अर्थमन्त्री सुनिल कुमार यादव भने किसानको पिरमर्का पीडा हटाउने गरि बजेट ल्याएको हु,किसानको उन्नति, प्रगति र पीरमर्का हटाउन आवश्यक बजेट व्यवस्थापनमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरे। उनले आफू किसानको समस्यासँग परिचित रहेको र त्यसलाई समाधान गर्न गम्भीर रहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवं गौर नगर सभापति मोहन यादव, नेतृ डा. शाहजहाँ खातुन, युवा नेता मिथलेश मिश्रा,संजय कुमार यादव,शम्भु यादव,मनिर आलम, मनोज यादव सहित पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी र समर्थकहरूको बाक्लो उपस्थिति थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय