अरविन्द कुमार यादव
रौतहट ,२७ माघ।रौतहटको राजदेवी नगरपालिकामा नेपाली कम्युनिस्ट पार्टी सम्पर्क कार्यालयको उद्घाटन भएको छ।नेपाली कम्युनिस्ट पार्टी सम्पर्क कार्यालय राजदेवी नगरपालिका वर्डा नम्बर ९ ब्रह्मपुरी स्थित उद्घाटन गरिएको हो।
एक कार्यक्रम बिच नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य नेता रेवन्त झाले ब्रहमपुर गाउँमा रिबन काटेर सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।रौतहट -१ को उमेदवार तथा नेकपा सहसंयोजक पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको चुनावी प्रचारप्रसार सम्पर्क कार्यालय गरिने बताइएको छ।
कार्यक्रमका प्रमुख अतिथिको आसनबाट नेता रेवन्त झाले बोले केही बहिरुपिया तथा दलबलु उमेदवारहरु प्रपंचले मेरो विगतको भिडियो मिडिया सहारा लिएर कुप्रचार गरेको प्रति ध्यानाकर्षण भएको बताए। उमेदवार अनिल झाले आफ्नो अभिव्यक्ति दिने म संधै मधेश र गजेन्द्रनारायण सिंहको मार्गमा हिड्ने अहिले उक्त झण्डा बागमती नदीमा फालेर नेपाली कांग्रेस को उमेदवार बन्नु आफैमा लाजमर्दो र जनतालाई ठग्नु बाहेक केही छैन ।
उमेदवार अजय गुप्ताले राजावादी देखि मधेसी दल हुदै एमाले भए,सधैं चुनावको बेला नयाँ दलमा जाने र आफ्नो गल्त आचरण ढाकछोप गर्न झा र गुप्ता केही पत्रकारको सहारा लिएर मेरो विगतको भिडियो सम्प्रेषण गराएको प्रति जनता गुमराह हुनुहुदैन भने ।
रौतहट १ को उमेदवार तथा देशका नेता पूर्वप्रधानमन्त्री माधव नेपालको मत भरकाउन उदेश्यले उक्त भिडियो समाजिक संजालमा ल्याइएको उनले दावी गरे।
सो भिडियोले दलबदल्ने उमेदवारहरुले आफ्नो कलाकर्तुत लुकाउन उदेश्यले समाजिक संजालमा हाल्न लगाएको प्रति खेद प्रकट गरेको नेता झाले बताए।
नीतिनिर्माता बनाउनेलाई रौतहट -१ को जनताले मत दिने विश्वास लिएको उनले बताए।
माधव नेपाल नेकपा एमाले तत्कालीन महासचिव हुँदा जेष्ठ नागरिकलाई १ सय भत्ता दिने निति बनाएर तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र स्वयं उपप्रधानमन्त्री हुँदा माधव नेपालले उक्त निति कार्यव्ययन गराएका नेता झाले जानकारी गराए।
नेपाली कम्युनिस्ट पार्टी नयाँ पार्टी भएको हुँदा माधव नेपालाई सबैको साथ र सहयोग गरेर बिजयी बनाउन आग्रह गरे।बिपक्षी उमेदवार अनिल कुमार झा लगातार दुई पटक संघीय सांसद ,मन्त्री र श्रीमति डिम्पल झा प्रदेश सांसद समानुपातिक एवं मन्त्री रहदा जनताले उहाँलाई मान्नीय भनेर नपत्याउने अनि अहिले संसदमा पेठाउन घरदैलो गरिरहेको उनले बताए।
केपी ओलीलाई गाली गर्ने उमेदवार अजय गुप्ता ओली बा भनेर चिच्याउदै मत मागी रहेको, कुन आधारमा कमरेड हरु मत दिने उनले प्रश्न गरे।मधेश आन्दोलनमा मधेश बिरोधि केपी ओली अहिले कसरी ओली ठिक भयो भने प्रश्न चिन्ह खडा भएको उनले बताए।


