पर्यटन कार्यालय गौरद्वारा योजना पत्रहरु रद्द

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,२९ माघ । पर्यटन विकास कार्यालय गौरले योजना सञ्चालन तथा कार्यान्वयन सम्बन्धी पत्रहरू रद्द गरेको छ ।
मधेश प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गतको सो कार्यालयले माघ २८ गते एक सूचना जारी गर्दै मिति २०८२ माघ १४ गतेदेखि माघ २८ गतेसम्म जारी गरिएका विभिन्न योजना सञ्चालन तथा कार्यान्वयन सम्बन्धी पत्रहरू औपचारिक रूपमा रद्द गरिएको जनाएको हो ।
कार्यालयले जारी गरेको सूचनामा भनिएको छ,–‘च.नं.२५४ देखि २८४ सम्मका योजना सञ्चालन तथा कार्यान्वन सम्बन्धी सबै पत्रहरू यसै सूचनामार्फत खारेज गरिएको छ ।’
कार्यालयको यो निर्णयसँगै ती योजनाहरूको कार्यान्वयन प्रक्रिया स्वतः रोकिएको छ । प्रशासनिक तथा प्रक्रियागत कारणले उक्त पत्रहरू रद्द गर्नुपरेको कार्यालय प्रमुख राज काफ्लेले बताए । उनले भने,‘ मिति २०८२ माघ १४ गतेदेखि माघ २८ गतेसम्म जारी गरिएका विभिन्न योजना सञ्चालन तथा कार्यान्वयन सम्बन्धी सबै पत्रहरू औपचारिक रूपमा रद्द गरिएको छ ।’
उनले सम्बन्धित सरोकारवाला निकाय, उपभोक्ता समिति तथा ठेकेदारहरूलाई सूचनाबमोजिम आवश्यक जानकारी लिन तथा आगामी निर्णयका लागि कार्यालयसँग सम्पर्कमा रहन आग्रह गरे ।
पर्यटन विकास कार्यालय, गौरले यस सम्बन्धमा थप जानकारी आवश्यक परे आधिकारिक माध्यममार्फत जानकारी गराइने समेत जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय