रसायनिक मल कम आयात भएपछि ,कोटा प्रणलीमा वितरण ।

पछिल्लाे समाचार

सङ्घीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, २३ कात्तिक । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सङ्घीयता कार्यान्वयनका सम्बन्धमा...

अनुचित लाभ लिनलाइ २३ लाख भन्दा बढ़ी रकमको चेक लियो पाठक

 नेपाल स्वयं सेवक संघ मधेश प्रदेश फोकल पर्सन पूजा पाठक तिमिल्सिनाले मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालय झापाले लगाएको आरोप गलत र...

रौतहटमा जसपा नेपालको शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अरविन्द कुमार यादवरौतहट ,१८ कार्तिक ।जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम...

धनुषा प्रहरीको नियन्त्रणमा खसीको मासु भनि बाख्राको मासु वेचने मानिस

धनुषा ,१७ कार्तिक ।धनुषामा खसीको मासु भनी बाख्राको मासु बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।चेकजाँच गर्ने क्रममा जिल्ला धनुषाको क्षिरेश्वर...

रौतहट प्रहरीको नियन्त्रणमा १३९ बोरा ,पिकअप गाडी सहित चालक

अरविन्द कुमार यादवरौतहट ,१७ कार्तिक ।गौर नगरपालिका वर्डा नम्बर ७ बाट भन्सार छली गरी लग्दै गरेको गहुँ...

विरगंज । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले पर्साका लागि वितरण गर्दै आएको रासायनिक मल स्थानीय निकायलाई कोटाअनुसार वितरण गर्ने भएको छ । रासायनिक मल आयात कम हुन थालेपछि वितरणलाई सहज बनाउन कोटा प्रणाली लागू गर्न लागेको बताइएको छ ।

स्थानीय तहमा गरिने खेती तथा खेतीयोग्य जग्गाका आधारमा कृषि ज्ञान केन्द्रले रासायनिक मलको कोटा निर्धारण गरेको र सोहीअनुरूप स्थानीय तहको सिफारिसमा रासायनिक मल वितरण हुने गरेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताउनुभयो ।

किसान मलका लागि भौँतारिरहेको अवस्थामा रासायनिक मलको प्रमुख आयातकर्ता कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले पर्साका किसानका लागि दुई÷तीन दिनभित्र कोटाअनुसार मल वितरण गर्ने भएको हो । पर्साका १४ वटै स्थानीय तहलाई कार्यालयबाट दिने रासायनिक मलको कोटा निर्धारण गरिएको र स्थानीय तहको सिफारिसका आधारमा तोकिएको परिमाणमा मल वितरण गरिने प्रबन्धक केसीले बताउनुभयो । कृषि ज्ञान केन्द्रले निर्धारण गरेको कोटाका आधारमा सम्बन्धित निकायमा पत्राचार गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

हाललाई युरिया मल वितरणका लागि वीरगञ्ज महानगरपालिकामा ३४ सय ३६ बोरा, पर्सागढी नगरपालिकामा १६ सय ६४ बोरा, पोखरिया नगरपालिकामा १३ सय ४४ बोरा, जगरनाथपुर गाउँपालिकामा १६ सय ६४ बोरा, जिराभवानी गाँउपालिकामा १४ सय २८ बोरा, पटेर्वा सुगौली गाउँपालिका एक हजार बोरा कोटा निर्धारण गरिएको छ ।

त्यस्तैगरी, बहुदरमाई नगरपालिकामा १६ सय २० बोरा, सखुवा प्रसौनीमा १७ सय १४, धोबिनी गाउँपालिकामा १४ सय बोरा, छिपहरमाई गाउँपालिकामा एक हजार ८८ बोरा, पकाहा मैनपुर गाउँपालिकामा ८२० बोरा र कालिकामाई गाउँपालिकामा ७७२ बोरा कोटा निर्धारण गरिएको छ ।

स्थानीय तहमा गरिने खेती तथा खेतियोग्य जग्गाका आधारमा कोटा निर्धारण गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख मुनिलालप्रसाद साहले बताउनुभयो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामकिशोरप्रसाद कुर्मीका अनुसार यस वर्ष पर्सा जिल्लाका लागि ७४ सय ३० मेट्रिक टन रासायनिक मल वितरण गर्ने कोटा छुट्ट्याइएको छ । गत वर्ष १५ हजार ५३७ दशमलव १४ मेट्रिक टन रासायनिक मल खपत भएको यस वर्ष कम परिमाण कोटा निर्धारण गरिएकाले वितरणमा समस्या आउने बताउनुहुन्छ ।

भारतमा पनि मलको हाहाकार रहेकाले पर्साका किसान जो खुला सीमानाका भएकाले भारतीय रासायनिक मल खरिद गरेर खेती गर्दै आएका थिए । ती सबै किसान अहिले मल किन्न आउने गरेकाले माग अझै बढेको उहाँ बताउनुहुन्छ । यस आर्थिक वर्षका लागि पर्सामा चार हजार ४०४ मेट्रिक टन युरिया, २५ सय ६९ मेट्रिक टन डीएपी, ३६७ मेट्रिक टन पोटास गरी सात हजार ३४० मेट्रिक टन रासायनिक मलको कोटा प्रदेशले निर्धारण गरेर पठाएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०७७र७८ मा छ हजार ६६८ दशमलव ०३ मेट्रिक टन युरिया, आठ हजार ३६८ दशमलव ०६ डीएपी र पाँच सय २१ दशमलव ०५ गरी १५ हजार ५३७ दशमलव १४ मेट्रिक टन रासायनिक मल खपत भएको थियो ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रादेशिक प्रबन्धक केसीले वीरगञ्जमा हाल तीन सय मेट्रिक टन डीएपी, २५ सय मेट्रिक टन युरिया मौज्दात रहेको र रक्सौल रेल्वे यार्ड र सुक्खा बन्दरगाहमा गरी पाँच हजार मेट्रिक टन युरिया मल रहेकाले धमाधम गोदाममा ल्याउने काम भइरहेको बताउनुभयो । अन्य पाँच हजार मेट्रिक टन बोकेका ट्रेन बाटोमा रहेको र तीन÷चार दिनमा वीरगञ्ज आइपुग्ने उहाँले बताउनुभयो । वीरगञ्ज कार्यालयबाट मुलुकको १५ जिल्लामा विभिन्न कार्यालयमा मल पठाइने गरेको प्रादेशिक प्रबन्धक केसीले बताउनुभयो । यो समाचार गोरखापत्र अनलाईनमा बिरगंज बाट दिपक प्रसाद गौतमले लेख्नुभएको छ ।

लोकप्रिय

सङ्घीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, २३ कात्तिक । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सङ्घीयता कार्यान्वयनका सम्बन्धमा...

अनुचित लाभ लिनलाइ २३ लाख भन्दा बढ़ी रकमको चेक लियो पाठक

 नेपाल स्वयं सेवक संघ मधेश प्रदेश फोकल पर्सन पूजा पाठक तिमिल्सिनाले मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालय झापाले लगाएको आरोप गलत र...

रौतहटमा जसपा नेपालको शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अरविन्द कुमार यादवरौतहट ,१८ कार्तिक ।जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम...