अरविन्द कुमार यादव
रौतहट,१३ असार ।रौतहटको सदरमुकाम गौर अवस्थित प्रादेशिक अस्पतालमा निशुल्क पाठेघर अप्रेसन शिविर संचालनमा आउदै छ।प्रादेशिक अस्पताल गौर, रौतहटमा निःशुल्क पाठेघर शल्यक्रिया (अपरेशन) शिविर सञ्चालन हुने भएको छ।
प्रादेशिक अस्पताल गौरको प्राविधिक सहयोग तथा प्रदेश स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको आयोजनामा यही असार १६ गते देखि असार २२ गते सम्म शिविर संचालन हुने छ।
शिविरमार्फत पाठेघरसम्बन्धी समस्या भएका महिलाहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने भएकोले सबै लाभग्राहीहरूलाई समयमा उपस्थित भई शिविरको सेवा लिनुहोस् भन्ने अनुरोध गरिएको छ।
यस सन्दर्भमा प्रादेशिक अस्पताल गौरका अध्यक्ष मो. अनवर हाशमीले आम नागरिक तथा महिलाहरूलाई समयमै उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्नुभएको छ।
शिविरको मिति, समय र आवश्यक कागजातहरूको जानकारीका लागि अस्पतालमा सिधा सम्पर्क गर्न अनुरोध गरिएको छ।
👉 स्वास्थ्य तपाईंको अधिकार हो – अवसर छुटाउन नहोस्!