विद्युत् प्राधिकरण मौलापुरका कर्मचारी झन्डै डेढ महिना पछि काममा फर्किँदै

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

१९ चैत,रौतहट । नेपाल विद्युत् प्राधिकरण मौलापुरका कर्मचारी झन्डै डेढ महिना पछि काममा फर्किँदै छन्।कर्मचारीहरुले दोषीमाथि कारबाही तथा शान्ति सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रेका थिए ।रौतहटको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अगुवाइमा शनिबार जिल्ला प्रशासन कार्यालय रौतहटमा सर्वपक्षीय सहमति भएपछि प्राधिकरण कर्मचारीहरू काममा फर्किने भएका हुन् ।

मौलापुर नगरपालिका द्वारा गत फागुन ५ गते देखि आयोजना भएको मधानी महोत्सवको अवसरमा विद्युत् लाइन काटिएपछि स्थानीयद्वारा नेपाल विद्युत् प्राधिकरण मौलापुरका कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले काम रोकेर आन्दोलित भएका थिए।कर्मचारी माथि दुर्व्यवहार गर्नेहरूमाथि कारबाही हुनुपर्ने माग सहित फागुन ५ गते देखि नै कर्मचारीहरू आन्दोलित भएर कार्यालयको काम रोकेका थिए। मौलापुर मधानी महोत्सव २०७९ मा प्रमुख अतिथिको रूपमा तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुन रहेका थिए।

सर्वपक्षीय छलफलमा सिडिओ मिश्र, नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रमुख मुनिन्द्र ठाकुर, रौतहट प्रहरी प्रमुख एसपी वीर बहादुर बुढा मगर, सशस्त्रका एसपी माधव रेग्मी, राष्ट्रिय अनुसन्धान एसपी चन्दनकुमार झा, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साह, विभिन्न राजनैतिक दलका प्रतिनिधि, विद्युत् प्राधिकरणका विभिन्न कर्मचारी सङ्गठनका प्रतिनिधिसमेतको सहभागिता रहेको थियो।

मौलापुर नगरपालिकाले आयोजना गरेको महोत्सवको क्रममा विद्युत् आपूर्तिको विषयलाई लिएर कर्मचारीमाथि दुर्व्यवहार भएकोले घटनाको जिम्मेवारी लिँदै मेयर रिनाकुमारी साहले आत्मालोचना गरेपछि सहमति भएको सहभागी ठागा दासले बताए।मेयर साहको अनुरोधमा विद्युत् प्राधिकरण मौलापुरका कर्मचारीहरू आजदेखि काममा फर्किन सहमत भएका हुन् ।

Advertisement

लोकप्रिय

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।