मकवानपुर ११ जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश

पछिल्लाे समाचार

प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउन खोज्दा अध्यक्ष हास्मी र मेसु ठाकुरले यादव माथि दुर्ववहार

अरविन्द कुमार यादव रौतहट ,२७ माघ ।प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक सुमक्ष ढंगले आवाज उठाउदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ । हाम्रो...

फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरि मनाइयो प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस 

अरविन्द कुमार यादव रौतहट,२२ माघ। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरी मनाइएको छ। प्रेस चौतारी रौतहट शाखाको अध्यक्ष उत्तम...

गढिमाई नगरपालिकाको दशौं हिउँदे नगर अधिवेशन सम्पन्न

ओम प्रकाश यादव रौतहट,२१ माघ। रौतहटको गढिमाई नगरपालिकाको आइतवार हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच गढिमाई नगरपालिकाले आफना नगर सभाको दशौं...

यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने भए

रौतहट ,२० माघ।यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने बाध्य बनेको छ। सहिद परिवार उमा देवी काे अध्यक्षतामा...

केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो: कार्यालय प्रमुख दास

मेवालाल यादव रौतहट,१९ माघ।यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका...

१२ चैत ,सिमरा : मकवानपुर ११ जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।बाराको सिमरा रंगशालामा जारी प्रतियोगितामा शनिबार मकवानपुर ११ ले बनाएको २–० को सुरुवाती अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समय हुँदै टाईव्रेकरमा धकेलिएको थियो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि ३० मिनटको अतिरिक्त समयमा दुबै टिमले १–१ को बराबरी खेले ।

मकवानपुरको जितमा टाईव्रेकरमा संजिव अर्याल, मनिष पौडेल, सुजन गुरुङ र सुदिप श्रेष्ठले गोल गरे । मकवानपुरका अभिनाष खड्काको प्रहार भरतपुरका गोलरक्षकले बचाउ गरेका थिए । भरतपुरका लागि सजिन थापा, भिष्म क्षेत्री र सुनिल श्रेष्ठले गोल गरेका थिए । टिप्सन राईको प्रहार क्रसबार माथिबाट बाहिरीयो भने आकाश थापामगरको प्रहार गोलपोष्टबाट रिबाउण्ड भयो ।

निर्धारित समयको खेलमा मकवानपुरले खेलको दशौं मिनटमै २–० को अग्रता लिएको थियो तर त्यसलाई जोगाउन नसक्दा खेल अतिरिक्त समय हुँदै टाईव्रेकरमा धकेलिएको थियो । मकवानपुरले खेलको चौथो मिनटमा सुजन गुरुङको गोलबाट अग्रता बनायो । भरतपुरका गोलरक्षकले आफ्ना खेलाडीलाई पास दिन खोजेको बल विट गर्दै करिब ३० यार्ड परबाट सुजनले गोल गरेका थिए ।

१–० ले पछि परेको भरतपुरविरुद्ध आक्रामक खेल खेलेको मकवानपुरले खेलको दशौं मिनटमा अग्रता दोब्बर पा¥यो । मनिष पौडेलले करिब ४५ यार्ड परबाट गरेको प्रहार गोलमा परिणत हुँदा भरतपुरका गोलरक्षक मनोज गुरुङले अनुमान समेत गर्न सकेनन् ।

३३ औं मिनटमा भरतपुरका भिष्म क्षेत्रीले बराबरी गोल फर्काए । मकवानपुरका सञ्जिब अर्यालले फाउल गरेपछि पाएको फ्रिकिकमा सजिन थापाले करिब १९ यार्डबाट हानेको प्रहारलाई भिष्म क्षेत्रीले आकर्षक हेडिङ मार्फत गोलमा परिणत गरेका थिए ।

लोकप्रिय