अरविन्द कुमार यादव
रौतहट ,९ कार्तिक ।जनता समाजवादी पार्टी नेपालद्वारा पूर्व घोशित कार्यक्रम अनुसार संगठन विस्तार तथा नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला गुजरा नगरपालिकामा समाजवादी मुस्लिम संघ गठन भएको हो।

जसपा नेपाल गुजरा नगर कार्यसमिति रौतहटद्वारा नगर स्तरीय समाजवादी मुस्लिम संघ भेला बिहीबार का दिन गुजरा नगरपालिका वर्डा नम्बर ६ खतवहियामा सम्पन्न भएको छ।
जनता समाजवादी पार्टी नेपाल गुजरा नगरपालिका समितिले आयोजना गरेको नगर स्तरीय मुस्लिम भेला मधेश प्रदेश प्रथम मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।
भेलाले गुजरा नगरपालिकामा क्रियाशिल वडा समिति, विभिन्न भातृसंगठनको गठनपुर्नगठन तथा पार्टी क्रियाशिल सदस्यता र पार्टी सदस्यता विस्तार गर्ने लगायतको निर्णय गर्दै पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले बताए।

नगस्तरीय मुस्लिम भेलाबाट गुजरा नगरपालिका समाजवादी मुस्लिम संघ नगर अध्यक्ष जयमुल्ला मिया मंसुरीको अध्यक्षतामा २१ सदस्यीय समिती गठन भएको छ।
गुजरा नगर समाजवादी मुस्लिम संघको अध्यक्ष पदमा जयमुल्ला मिया मंसुरी,वरिष्ठ उपाध्यक्षमा दुई जना समसुलहक-मुनिफ मिया चुरीहार,सचिव पदमा शेख जाकिर हुसेन,सह-सचिव पदमा दुई जना शेख मोसी आलम-शेख फिरोज आलम ,कोषाध्यक्ष पदमा रबैया खातून पदाधिकारी चयन भएको हो।
सदस्य पदमा क्रमिक सगिरा खातून,सजरा खातून,शेख स्वयब,दुखा देवान,मुनिया खातून,हारुन खातून लगायतका समिति चयन गरिएको छ।

जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय कार्यालय रौतहट अध्यक्ष श्यामविहारी राय यादव अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि जसपा नेपाल कार्यकारिणी समिती सदस्य पूर्व मन्त्री गोविन्द चौधरी ,मधेश प्रदेश सरकारका उर्जा सिंचाइ तथा खानेपानी राज्यमन्त्री शेख अदुल कलाम अजाद उर्फ फूलबाबु,केन्द्रिय सदस्य पूर्व मा.रामकिशोर यादव,पार्टी मधेश प्रदेश समिति सचिव पुनित राम,मधेश प्रदेशसमिति सदस्य राम आशिष राय यादव, मधेश प्रदेश समिति सदस्य एव प्रादेशिक अस्पताल गौर अध्यक्ष मो.अनवर हाश्मी लगायत केन्द्र ,प्रदेश र जिल्ला स्तरको नेतागणहरुको बाक्लो उपस्तिथिमा कार्यक्रम भएको थियो।
