रौतहट, १३ माघ ।सदरमुकाम गौरमा रौतहट क्रीकेट संघको आयोजनामा मेयर कप टी-ट्वान्टी क्रीकेट प्रतियोगिता शनिबार देखि सुरुवात भएको हो।
गौर नगरपालिकाको आर्थिक सहयोगमा माघ २२ गते सम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु १५ हजार र कप प्रदान गरिने संघका कोषाध्यक्ष विक्रान्त विक्रम नेपाललेले बताएका हुन।
गौर नगरपालिकाको सबै ९ वटा वर्डाको टीम विच प्रतियोगिता प्रतिस्पर्धा हुने जनाइएको छ।युवाहरुलाई कुलतबाट बचाउन तथा पालिका स्तरमा क्रिकेटको टिम तयार गरी प्रदेश तथा राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गराउने लक्ष्यका साथ मेयर कपको आयोजना गरिएको रौतहट जिल्ला क्रिकेट संघका अध्यक्ष पवन साहले जानकारी दिए।
मेयर कप -२०८० लाई उद्घाटन गर्दै प्रमुख अतिथिका आसनबाट गौर नगरपालिकाको मेयर शम्भु साहले भने मेयर कपलाई निरन्तरता दिइदै गौर राईस मिल मैदानलाई अधिग्रहण गर्न प्रक्रिया अगाडि बढाईएको उनले जानकारी गराए।जिल्लाका खेलाडीहरुको स्तर वृद्धिको लागि नगरपालिका हर संभव तयार रहेको मेयर साहले बताए।
पहिलो खेलमा वडा नम्बर १ विजयी
रौतहटको गौरमा आयोजित मेयर कप २०८० को पहिलो दिनको टि ट्वान्टी क्रिकेट खेलमा रोमाञ्चक प्रतिष्पर्धाका वडा नम्बर एकको टिमले ६६ रनले जितेको छ ।
प्रतियोगिताको पहिलो इनिङमा २० ओभर मा ७ विकेट गुमाउदै वडा नम्बर १ ले १७२ रन जोडेको थियो । वडा नम्बर १ का खेलाडी रबि साहले सर्वाधिक ८४ रन जोडेका थिए भने बलिङतर्फ वडा नम्बर ५ का अनिल पटेल र कुन्दन यादवले समान दुई दुई विकेट लिएका थिए । खेलको दोस्रो इनिङमा वडा नम्बर ५ ले २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०६ रन मात्र बनाएको थियो । वडा नम्बर ५ का शुभम गुप्ताले सर्वाधिक २७ रन बनाएका थिए भने वडा नम्बर १ का रबि साह र रेहान जाकिरले समान दुई दुई विकेट लिएका थिए । प्रतियोगितामा वडा नम्बर १ का रबि साह मैन अफ द मैच बनेका छन् ।