“त माधव माधव कहेकेबा” भनेर चर्चामा आएका अमरेंद्र कमेडी च्याम्पियनमा

पछिल्लाे समाचार

रौतहट, २२ चैत्र । “माधव माधव कहेके बा” भनेर एकाएक चर्चामा आएका रौतहटका युवा कॉमेडियन अमरेंद्र कुमार यादव आफ्नो इच्छा अनुसार कमेडी क्षेत्रमा प्रवेश गरेको बताउँछन्।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कमेडी च्याम्पियन सीजन ३ मा आफ्नो जिल्लाको बारेमा विचार अभिव्यक्त गर्ने क्रममा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको बारेमा कमेडी गरेर चर्चा पाएका यादव बुधबार जिल्लाको सदरमुकाम गौर स्थित रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको टपटेनमा परेकोले भोटिङ गर्न सबै जिल्लाबासीसंग आग्रह गरे ।

माधव नेपाललाई जोडेर किन भन्नु भो भने प्रश्नको जवावमा कटहरिया नगरपालिका ९ निवासी २३ वर्षीय यादवले जिल्लाको शानको रूपमा पूर्व प्रधानमन्त्री नेपाल रहेकोले सकारात्मक रूपमा टिप्पणी गरेको बताए। काठमाडौँमा भन्ने बित्तिकै माधव कुमार नेपालको जिल्ला भएको भनी चिनिने भएकोले कमेडी शो मा रौतहट में रहेको बा त माधव माधव कहेके परी भनी भनेको बताए।

३० जना सहभागीबाट १० जनाको लिस्टमा परेका यादवले आमा बुवाको इच्छा विपरीत कमेडी पेशा तीर लागेको बताए। उनले भने बुवा आमाको सपना इन्जिनियर बनेको हेर्ने र मेरो इच्छा कमेडी तीर भएकोले यस तरफ लागेको उल्लेख गरे।

मधेशी समुदायको युवा भएकोले यहाँ सम्म पुग्न धेरै संघर्ष गर्नु परेको सुनाए। ३०२ कॉन्टेस्ट नम्बर भएको यादवले प्रतियोगितामा जिताऊंन को लागि आफ्नो छोरा ,दाजु ,भाई सम्झेर वोटिंग गरिदिन अपील समेत गरे। रौतहटको शिक्षाको अवस्थामा चिन्ता लिनु पर्ने अवस्था रहेकोले संघीय सरकारले मधेशको शिक्षालाई कमजोर पर्ने सडयंत्र गरेको बताए ।

पहाडमा कम विद्यार्थी संख्यामा शिक्षक बढी तथा मधेशमा बढी विद्यार्थीमा शिक्षकको संख्या न्यून हुने भएकोले राज्य को नियत मधेशको शिक्षा प्रति खराब देखिएको जिकिर गरे। कॉमेडियन यादवले कला , सांस्कृतिक खेलकूद , लगायतका क्षेत्रमा जाने इच्छा भए निर्धक्क रूपमा सो क्षेत्रमा लागेमा सफलता पाउन सकिने बताउँदै नेपालका युवाहरूको माया भयो भने विजयी हुन सकिने विश्वास व्यक्त गरे।

spot_imgspot_img
spot_img

लोकप्रिय