अरविन्द कुमार यादव
रौतहट ,१० बैशाख ।रौतहटको यमुनामाई गाउँपालिका सरुअठाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रामश्रेष्ठ राय यादवलाई पाइएको छ।यमुनामाई गाउँपालिकाकविराज वरिष्ठ स्वास्थ्यकर्मी रामश्रेष्ठ राय यादव आज सघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट जिम्मेवारी दिइएको हो।
नयाँ हाकिमको रुपमा तेस्रो पटक अख्तियारी पाएइको बुझिएको छ।
यमुनामाई गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादवले गृह मन्त्रालय संग २०८० चैत्र ३० पद स्थापनको लागि सरुवा माग गरेका थिए।
नयाँ जिम्मेवारी पाइएका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम श्रेष्ठ राय यादव बुधबार बैशाख १२ गते हाजिर हुने बताए।