आगलागि बाट प्रभावित पीड़ितलाई बिर्ताका युवा समाजसेवीको पहलमा सहयोग

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,१५ बैशाख । मटीहानी नगरपालिका वर्डा नम्बर ६ र ७ गाउँमा आगलागीबाट प्रभावित क्षेत्रका पीडित परिवारहरुलाई शनिवार गरुडाको बिर्ताले राहत वितरण गरेको छ।

मधेश प्रदेश सरकारका राज्यमन्त्री मा.शेख अब्दुल कलाम अजादको विषेश पहलमा गरुडा नगरपालिका ८ बिर्ता गाउबाट संकलित राहत वितरण गरिएको हो।

उक्त राहत वितरणमा चामल १० केजी,आटा १२ केजी,प्याज ,आलु लगायत खाद्यान्न समाग्री प्रत्येक पीडित परिवार दरले १०३ घरपरिवारलाई

वितरण गरिएको समाजसेवी कौशल खान मिथिलाले जनाएको छ।

त्यस्तै आगलागी क्षेत्रलाई क्षतिग्रस्त बनाएकोमा आवास व्यवस्थापनको लागि भोलि आइतबार देखि बिर्ता आसपासका गाउँलाई बास,बास बस्ने समाग्री सहयोग गर्न राज्यमन्त्री मा.शेख अब्दुल कलाम अजादले आग्रह समेत गरे।

राज्यमन्त्री अजादले  प्रदेशका आठ जिल्लालाई मटिहानी नगरपालिका ६,७ मा आगलागी पीडितलाई सहयोग गराउने राहत संकलनमा लाग्नु भएको बताए

 

spot_imgspot_img
spot_img

लोकप्रिय