माधोपुरका आगलागी क्षेत्रका पीडितलाई राहत गरे सहयोग मेयर बैजनाथ यादव

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,२१ बैशाख ।रौतहटको माधव नारायण नगरपालिकाको नगर प्रमुख बैजनाथ प्रसाद यादव उर्फ बैजु यादवले माधोपुरका भीषण आगलागी पीडित परिवारलाई राहत स्वरुपमा विभिन्न किसिमको सामग्री सहयोग गरेका छन् ।

माधव नारायण नगरपालिका वर्डा नम्बर ६ साविक गा.वि.स. ८ माधोपुरका आगलागी पीडित परिवारलाई नगर प्रमुख आवश्यक पर्ने खालका तत्कालका लागि राहत स्वरुप खाद्यान्न सामग्री ,भाडावर्तन, खाना पकाउने,ग्यास सिलिन्डर ,चुल्हो,

लगाउने लत्ताकपडा, त्रिपाल लगायत सामग्री वितरण गरेका हुन् । विहीवार दिउँसो अचानक माधोपुरका आशनारायण मुखिया विन सहित चार जनाको घरमा भिष्ण आगलागी भएको थियो ।

भीषण आग लागेर तीन वटा फुस र एउटा टालीको घर गरि चार घर पुर्नरुपमा जलेर नष्ट भएको थियो।आगलागी भइ घरमा राखिएको लगाउने लुगा देखि लिएर खाद्यान्न सामग्री लगायत सबै थोक समानहरु लजेर खरानी भएको र आगलागीबाट मानवीय क्षती नभएताप्नी जनधनको क्षती भएको थियो।

आगलागीमा परेर एक गोरु जलेर घाइते भएका थिए ।आगलागीबाट घर सहित घरमा भएका सम्पूर्ण सामानहरु जलेर नष्ट हुँदा पीडित परिवारहरु बिच्चलीमा परेका छन । आगलागीबाट करिव १० लाख भन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ ।

आगलागीबाट चार जनाको परिवार घरवार विहिन हुन पुगेको सुचना पाउनेवित्तिकै राहतका साथ विहिवार साँझ अबेर घटनास्थल पुगेका माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले आगलागीबाट पीडित भएका चारै जनाको परिवारलाई राहत उपलब्ध गराएका थिए ।

नगर प्रमुख बैजनाथले आगलागी क्षेत्रका पीडित चारै जनाको परिवारलाई  चामल, दाल, नुन, तेल, लत्ताकपडा, भाडावर्तन, ग्यास सिलिण्डर, चुल्हो, त्रिपाल लगाएतका सामग्री सहयोग गरेका छन् ।

मेयर बैजनाथले पीडितहरुको घर निर्माणका लागि समेत आफुले सक्दो सहयोग गर्ने र पहलकदमी लिने समेत प्रतिबद्धता जनाए । सो अवसरमा मेयर यादवले घटनाबाट भएको क्षतिको निरीक्षण समेत गरेका छन् ।

आपद बिपदमा परेका नागरिकलाई हर प्रकारले सहयोग गर्न पछि नहट्ने माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले पीडितहरुको घरदैलोमै पुगेर उक्त सामाग्रीहरु हस्तान्त्रण गरेपछि पीडितहरु खुसी भएका छन् । नगर प्रमुख यादवले खाद्यान्न लागाएत सामग्री बितरण गरेपछी पीडितहरु ठूलो राहत पाएका छन ।

राहत स्वरुप सामग्री आफुहरु पाएपछि पीडित भन्छन् ´निकै हर्षित `दुखको घडिमा आगलागी पीडितलाई सहयोग गरी पीडितको दुखमा मलहम लगाउने काम गरेको भन्दै मेयर यादवको चौतर्फि प्राशंसा हुन थालेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय