अरविन्द कुमार यादव
रौतहट ,२२ बैशाख। रौतहटको गरुडा नगरपालिका वर्डा नम्बर ८ चक्रघाटी देखि बिर्ता चौक सम्मका सडक विस्तार गरिएको छ।
यो सडक गा.वि.स.भवनका पुरानो बाटो रहेको थियो जसलाई स्थानीयले जग्गा अतिक्रमण गरेर ५ फिट जति चौडा सडक बनाई राखेको थियो।
उक्त सडकलाई आज गरुडा नगरपालिका मेयर कन्थमणी जयसवालले ८० फिट देखि १०० फिट सम्म निर्माणकार्य सुरुवात गरेका छन् ।
निर्माणकार्यको लागत बजेट मधेश प्रदेश सरकारको लगानीमा भइ रहेको छ।
सडक निकास कार्यमा समाजसेवी युवा नेता कौशर खान मिथिला लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।