अरविन्द कुमार यादव
रौतहट ,२१ असार।हिजो राती भएको विद्यार्थी विच चक्कु प्रहार प्रकरण ,सुरज यादवलाई विरगंज रेफर गरिएको हो।
रौतहटको गौर नगरपालिका वर्डा नम्बर ४ बस्ने १२ वर्षीय सुरज यादवलाई ४ जना केटा मिलेर सांघातिक हमला गरि चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएको छ।
गौर नगरपालिका ४ का सुरज यादव , वडा ३ का अभिनाश यादव र एक सहित ३ जना विद्यार्थी माथी छुरा प्रहार भएको छ।
गौर नगरपालिका कार्यालय दक्षिण छेउमा संतोष यादव सरले ट्युसन पढाउने ४ जना विद्यार्थीले सुरज यादव विद्यार्थी माथी सामुहिक चक्कु प्रहार गरेर गम्भीर घाइतेलाई न्युरो विरगंज अस्पतालमा उपचाररत छन् ।
यस्तो निन्दनीय कार्यमा संलग्न भएको ४ जना विद्यार्थी उपर हदैसम्मको कानुनी कार्यवाहीको माग घाइतेको बुबा बिनोद यादवले गरेका छ।
दुई जना सामान्य घाइते बनाएकोलाई प्रादेशिक अस्पताल गौरमा उपचार भइ रहेको जनाएको हो।
गौर नगरपालिका चौक स्थित शिक्षक सतोष यादवले ट्युसन पढी रहेको विद्यार्थी बिच छुरा हानहान हिजो बिहीबार राती भएको थियो।
तीन जना विद्यार्थीलाई ४ जना विद्यार्थीहरुले सांघातिक हमला गरेर गम्भीर घाइते बनाएकाहरु जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक दिलिप घिमिरेले भने “सो मध्ये १ जनाको संलग्नता नदेखिए पछि बाकी ३ जना उपर ज्यान मार्ने उद्योगमा मुद्दा कारवाही अगाडी बढेको छ ।”
घटनामा संलग्न ईशनाथ नगरपालिका ९ का २० वर्षिय संजिव गुप्ता, २१ वर्षिय प्रदिप साह र परोहा नगरपालिका ९ का १८ वर्षिय शिवम कुमार सहनीलाई पक्राउ गरि उनीहरु उपर ज्यान मार्ने उद्योग अन्तर्गन मुद्दा अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका उपरिक्षक घिमिरेले बताए ।
अनुसंधान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।