देवाही गोनाही नगरपालिकाकाको नवौं नगर सभाले ल्यायो ५६ करोड बढीको बजेट  

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

 

गौर,५ श्रावण ।रौतहटको देवाही गोनाही  नगरपालिकाका नवौं नगर सभा आठौं बजेट निति तथा कार्यक्रम  सम्पन्न गरेको छ।देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहको  अध्यक्षतामा सम्पन्न भएको नगर सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो।

 

हाम्रो सुन्दर शान्त र सफा नगरको परिकल्पना हामी सबैको चाहना सहित आन्तरीक आय पहिचान तथा आन्तरीक आय वृद्धि गर्दै न्यायोचित वितरण सहित, आर्थिक,संचार , पर्यटन तथा संस्कृती , सहकारी , उद्योग , स्वास्थ , खानेपानी तथा सरसफाइ ,  सामाजिक,विकास तथा भौतिक पूर्वाधार, वित्तीय ब्यवस्थापन , स्थानीय तथ्यांक सकलन र अभिलेख ब्यवस्थापन , संस्थागत विकास तथा सेवा  प्रवाह , विपद ब्यवस्थापन , उर्जा , सिचाइ तथा नदि नियन्त्रण , कृषि  लगायतका क्रियाकलाप मार्फत समृद्ध नगरपालिका उदेश्यको साथ अब आर्थिक वर्ष २०८१/०८२ मा देवाही गोनाही  नगरपालिकाले अवलम्बन गर्ने विययगत क्षेत्रका रणनीतिहरु संक्षिप्त रुपमा प्रस्तुत गरेको छ ।

 

उक्त कार्यक्रम नगर प्रमुख साहले  आगामी आर्थिक वर्षका लागि ५६ करोड २४ लाख २५ हजार ८ सय  ८७ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ।संघीय वित्तीय समानिकरण तर्फ १० करोड २१ लाख , संघीय सशर्त अनुदान तर्फ १६ करोड ९० लाख ७७ हजार , संघीय सरकार सशर्त अनुदान पुजिगत १३ करोड ११ लाख ७२ हजार , संघीय समपुरक अनुदान ५५ लाख , संघीय राजस्व बाडफाडबाट ९ करोड ११ लाख , प्रदेश समानिकरण अनुदान तर्फ ७२ लाख २३ हजार , प्रदेश सशर्त अनुदान तर्फ ९५ लाख बिशेश अनुदान प्रदेश सरकारबाट ३० लाख , प्रदेश समपुरक अनुदान तर्फ २० लाख , प्रदेश राजस्व बाडफाड अनुमानित रु. ४५ लाख , अनुमानित आन्तरिक स्रोत घर जग्गा रजिस्टेसन शुल्क सहित रु. ९३ लाख १३ हजार ३ सय , बैंक मौज्दातको रु. २ करोड ७९ लाख ४० हजार ५ सय ८७ रुपैया गरि कुल बजेट ५६ करोड २४ लाख २५ हजार ८ सय  ८७ रुपैयाँ बराबरको  बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले जानकारी दिएका छन ।

 

सोही नगर सभको प्रमुख अतिथी मधेस प्रदेश सरकारका अर्थ मन्त्री जितेन्द्र यादव उर्फ सुनिल यादवले ममबती बालेर कार्यक्रमलाई  अगाडि बढाएय मन्तव्य राखेका थिए ।सो कार्यक्रममा उपमेयर परनिया देवि, मा. जयचन पटेल , कनिश पटेल, नेकपाको रौतहट जिल्ला अध्यक्ष  सचिदानन्द साह , नगरका सम्पुर्ण वडा अध्यक्ष , सुरक्षाकर्मी , आमजनता , पत्रकार लगायत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय