सात्विक गढीमाई अभियान अन्तर्गत नेपाल भारत मिडियाको भुमिका सम्बन्धि अन्तरक्रिया सम्पन्न 

पछिल्लाे समाचार

अरविन्द कुमार यादव                                                                                                                                                   रौतहट ,२० श्रावण ।सात्विक गढीमाई अभियान अन्तर्गतको  नेपाल  भारत मिडियाकर्मीको भुमिका बिषयक अन्तरक्रिया  कार्यक्रम  शनिबार  कलैयामा सम्पन्न  भएको हो ।

पशु कल्याण संघ नेपालले बारा जिल्लाको सदरमुकाम कलैया  स्थित दरबार होटेलमा  आयोजना  गरिएको  अन्तरक्रिया  कार्यक्रममा सरोकारवालाले पशुबली निरुत्साहित हेतु सात्विक   पुजापाठ लाई  संरक्षण गर्नुपर्नेमा जोड दिइएका  थिए ।

 

 सात्विक गढीमाई अभियान  कार्यक्रमलाई  उदघाटन  महागढीमाई नगरपालिकाको निमित्त प्रमुख  प्रशासकीय  अधिकृत  बिजय कुशवाहा  र  गढीमाई  मन्दिर संचालन तथा बिकास समिति अध्यक्ष  रामचन्द्र  साहले  संयुक्तरूपमा  पानसमा दिप प्रजवलन गरि उदघाटन गर्नु भएको थियो ।

 

 उदघाटन शत्रलाई सम्बोधन  गर्दै  निमित्त  प्रमुख प्रशासकीय  अधिकृत कुशवाहाले पशुबली  होईन सात्विक पुजापाठ लाई मान्यता  दिनका निम्ति  पशु कल्याण संघ नेपालले   निरन्तर रुपमा जनचेतना जगाउनु  प्रने  धारणा राखेका थिए ।

 

बिश्व प्रसिद्व शक्ति पिठ  गढीमाई प्रती आस्था  बिश्वास  राखी भाकल गर्ने भक्तजनले सात्विक पुजापाठलाई मान्यता दिनु प्रने बताउनु भयो ।   सोही कार्यक्रममा बोल्दै गढीमाई ट्रष्टका अध्यक्ष  रामचन्द्र  साह तेलिले  बिश्वमा   पशुबलिको नामले चिनिने  गढीमाई मेलामा  श्रद्धालु भक्तजनले श्रद्धा पुर्वक  रांगा , बोका ल्याउने गर्छन ।

 

मातालाई प्रसादको रुपमा ल्याईने  बस्तु लाई  नकार्न नमिल्ने  ,मातालाई फुल अबिर मिठाइले समेत प्रसन्न  खुशी  पार्न सकिने आस्था र बिश्वास  जगाउन पशु कल्याण  संघले संदेशमुलक होडिङ्ग बोर्ड ,सडक नाटक , समाचार सम्प्रेषण गर्नुपर्ने  अध्यक्ष  साहले  बताए ।  पशु कल्याण  संघ नेपालको अध्यक्ष  स्नेहा श्रेष्ठले  अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण  गर्दै   आस्था र बिश्वासको प्रतिकको रुपमा रहेको शक्ति पिठ गढीमाईको महिमा  अपरम्पार रहेको  बताईन ।  श्रेष्ठ  उनी आफै शक्तिपिठ गढीमाईको भक्त  रहेको बताईन ।

 

  हरेक पांच बर्षमा लाग्ने गढीमाई मेलामा भाकल स्वरुप ल्याईने रांगा , बोका , परेवा आदि पशुपंक्षीको सट्टा  नगद राशी  दान गरि पुण्य कमाउन सकिने  भएकोले सकारात्मक  संदेश आम जनमानसमा  फैलाउन  संचारक्रमिको भुमिका   अहम रहेको  बताईन ।  पशु कल्याण  संघ नेपालको अध्यक्ष  स्नेहा श्रेष्ठको अध्यक्षतामा भएको  अन्तरक्रिया  कार्यक्रममा संचारक्रमिले  उठाएको प्रश्न जिज्ञासा लाई निमित प्रमुख  प्रशासकीय  अधिकृत  बिजय कुशवाहा र  स्नेहा श्रेष्ठले  सहजीकरण  गर्नु भएको थियो ।

 

 अन्तरक्रिया  कार्यक्रममा बारा ,पर्सा  ,रौतहट     लगायत   मीत राष्ट्र  भारतका  मेडियाक्रमिको सहभागिता  रहेको थियो ।  अन्तरक्रिया  कार्यक्रममा  नेपाल  पत्रकार  महासंघ बाराको उपाध्यक्ष  रामबाबु  मेहता , पुर्व  भौतिक  राज्यमन्त्री  कलावती पासवान  लगायतले   मन्तव्य  राखेका थिए । कार्यक्रमको संचालन  पत्रकार  नरेश गुप्ताले  गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय