राैतहटमा भाेजपुरी गायक खेसारीलाल सँगसँगै नेपाली भाेजपुरी गायकले पनि झुमाए दर्शक

पछिल्लाे समाचार

दिपेश कुमार शाह

राैतहट,२१ गते मंसिर ।राैतहटमा भाेजपुरी गायक खेसारीलाल सँगसँगै नेपाली भाेजपुरी गायकले पनि दर्शकलाई झुमाएका छन् । जिल्लाकाे गढिमाइ नगरपालिकामा लागेको गढिमाइ मेलामा चर्चित भारतीय भाेजपुरी गायक सँगसँगै नेपाली भाेजपुरी गायक साेनु कुशवाहा लगायतका कलाकारले पनि दर्शकहरू लाई भरपूर मनाेरंजन गराएका छन् । स्टेजमा नेपाली कलाकारहरूले साथ दिएकाे उनले आभार पनि प्रकट गरेका थिए ।

राैतहटकाे गढिमाई मेलामा खेसारीलाल सहित भाेजपुरी कलाकारहरू लाई हेर्न मानव सागर नै उर्लिएकाे थियाे । कलाकारहरूकाे नामै सुनेर टाढा टाढाबाट मानिस मेला हेर्न आएका थिए ।कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

साे नगरपालिकाकाे वडा नम्बर ४ शुन्दरपुरमा गढिमाईमा पञ्चवर्षीय मेला आगामी मंसिर २६ गते सम्म चल्ने गढिमाई नगरपालिकाका नगरप्रमुख श्याम यादवले जानकारी गराएका हुन् ।

राैतहटमा भने भाेजपुरी गायक कलाकार खेसारीलाल यादवकाे याे दाेस्राे आगमन हाे । यस अघि उनी माैलापुर मधानी महायज्ञमा सहभागी भएका थिए

spot_imgspot_img
spot_img

लोकप्रिय