रौतहटमा महासंघको निर्वाचनमा संकेत सहितको मतपत्र प्रयोग

पछिल्लाे समाचार

अरविन्द कुमार यादव
रौतहट,३० मंसिर  । नेपाल पत्रकार महासंघ रौतहट शाखाको सम्पन्न भएको निर्वाचनमा त्रुटी पूर्ण मतपत्र प्रयोग भएको छ। मङ्सिर २८ गते एकै साथ केन्द्र प्रदेश र जिल्ला शाखाहरुको भएको निर्वाचनमा रौतहट शाखामा संकेत सहितको निर्वाचन अधिकृतले मतपत्र प्रयोग गरेका हुन।
गोप्य मतदान प्रक्रियाबाट उम्मेदवार चयन गर्नु पर्ने कानुनी प्रवधान रहेकोमा मतदाताको गोपनियता भंग हुने गरी निर्वाचन अधिकृतले मतपत्र प्रयोग गरेको हो।
मतपत्रमा कुनै किसिमको संकेत प्रयोग गरे मतपत्र स्वतः बदर हुने भए तापनि निर्वाचन अधिकृत बिनय कुमार लालदासले क्रम संख्या उल्लेख भएको मतपत्र प्रयोग गरी उम्मेदवारलाइ निर्वाचित गराएको मतदाताको आरोप रहेको छ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य बरिष्ठ सन्चारकर्मी प्रभात कुमार झाले मतपत्रमा नम्बर प्रयोग गर्नु गम्भीर त्रुटी भएको बताएका छन्। मतपत्रमा कुनै संकेत भए बदर हुनु पर्नेमा निर्वाचन अधिकृतले सो बदर नगरी सदर मत कायम गरी गराएको निर्वाचन रद गर्नु पर्ने माग गरे।
४५ जना मतदाता भएको रौतहट शाखाको निर्वाचनमा प्रयोग भएको मतपत्रमा अर्धकटी र मतपत्रमा समेत नम्बर प्रयोग गरिएकोले मतदाताको गोपनियता भङ्ग भएको ठहर उहाको रहेको छ।
मतदाता रामपुकार राउतले अधकटी तथा मतपत्र समेतमा नम्बर उल्लेख रहेको देखिएको बताए। मतदान गर्न जादा दुवैमा क्रम संख्या १ देखि ४५ सम्म नम्बरिङ्ग गरिएको देखेको सुनाए।
मतपत्रमा उल्लेख भएको नम्बरको बिषयमा उम्मेदवार सहित मतदाताहरुले बिरोध गरेपनि निर्वाचन अधिकृतले कुनै वास्ता नगरेको मतदाताहरुको भनाइ रहेको छ।
सचिव पदमा उम्मेदवारी दिएका राकेश कुमार यादवले संकेत नम्बर प्रयोग गरिएको मत पत्रको अमान्य गर्नु पर्नेमा निर्वाचन अधिकृतले सो बदर नगरेको दावी गरेका छन्।
जिल्ला निर्वाचन कार्यालय रौतहटको निर्वाचन अधिकारी छोटेलाल दासले मतपत्रमा कुनै किसिमको संकेत प्रयोग गर्न नपाइने र त्यस्तो गरिएको मतपत्र बदर हुने बताए।
निर्वाचन प्रयोग हुने मतपत्रमा संकेत चिन्ह नम्बर प्रयोग भएमा मतदाताको गोपनियताको भङ्ग भएको मान्न सकिने कानुन व्यवसायीहरुको भनाइ रहेको छ। निर्वाचन अधिकृत बिनय कुमार लाल दासले मतपत्र छापाईको क्रममा त्रुटीले अर्धकटी सहित मतपत्रमा नम्बर प्रयोग भएको स्वीकार समेत गरेका छन्।नम्बर लेखिएको मतपत्रमा टिपेक्स प्रयोग गरी मत गनना गरी निर्वाचनको परिणाम घोषणा गरिएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय