अरविन्द कुमार यादव
रौतहट ,२१ पुस।रौतहटको इशनाथ नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताले कार्यभार सम्हाले देखि पालिका सुशासनको बाटो अपनाएको छ । पालिकाले गर्ने भौतिक निर्माण कार्यमा पारदर्शिता सङै शिक्षा, स्वास्थ्यमा समेत ध्यान दिन अपरिहार्य रहेको बेला प्रमुख प्रशासकिय अधिकृत गुप्ताले बिद्यालय अनुगमन , स्वास्थ्य संस्था अनुगमनलाई समेत तिब्रता दिएका छन ।पालिका तथा वडामा कार्यरत कर्मचारीलाई समेत सुक्ष्म तरिकाले निगरानी गर्दै नियुक्त सवै कर्मचारीलाई जिम्मेवारी अनुसारको काममा लगाएका छन ।
स्थानीय भएको नाताले आफ्नो पालिकामा रहेको आधरभुत आवस्यकताको बढी पहिचान रहेको र त्यस्ता कुराको सम्बोधन गरि पालिकालाइ चुस्त दुरुस्त बनाउने कार्यमा नगर प्रमुख लगायत कार्यपालिका सदस्यहरुको सकारात्मक सहयोग रहेको प्रमुख प्रशासकिय अधिकृत गुप्ता बताउनु हुन्छ ।
नगर प्रमुख कौशल्या देविको प्रत्यक्ष निर्देशनमा आफुले आफ्नो कार्य सम्पादन गरि राखेको तथा आफू सदैव पारदर्शिता तथा सुशासनको पक्षमा खडा उत्रने कुरा प्रमुख प्रशासकिय अधिकृत गुप्ता बताउनु हुन्छ । हिन्दुहरुको महान पर्व शुभ दिपावली तथा छठ पर्व पछि बिकास निर्माणका कार्य तिव्र गतिमा अगाडि बढने बताउनु हुँदै प्रमुख प्रशासकिय अधिकृत गुप्ता हरेक खरिद इबिडिङ मार्फत गरिने , उपभोक्ता समिती गठन गर्दा समेत पारदर्शी गरिने साथै कामको अनुगमन पश्चात् मात्र भुक्तानी हुने बताउनु हुन्छ ।